गुड न्यूज 24मुख्य समाचारसमाचार

खुसी हुन के गर्ने ? यी कुराहरु फलो गर्नुहोस्…

Gobal IME Bank

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक हुन्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुराहरु पढ्नुहोस्

‘पर्फेक्सन’को मोह त्याग्नुस्
संसारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन। त्यसैले ‘मेरो हाइट कम भयो, आँखामा दाग छ, नाक ठुलो भयो र म कालो रंगको छु’ भन्ने जस्ता कुराहरुको बारेमा चिन्ता नलिनुस् र ‘ममा जस्तै कुनै कुराको कमी सबैमा हुन्छ’ भन्ने कुरा सहज रूपमा स्वीकार गर्नुस्।

ऐना हेर्दा खुसी हुनुस्
ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस्। कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ नराम्रो छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान दिनु हुदैन र ऐना हेरेर मुस्कुाउने बानि बसाल्नु पर्छ । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुसी हुँदै जानुहुन्छ।

अरूले चाहेजस्तो नबन्नुस्
अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिने गर्नुस्। आफूलाई मन पर्ने कुरा गर्नुहोस् भने आफ्नो चाहनाअनुसार जिवनयापन गर्ने बानि बसाल्नुस् । यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पुर्‍याउँछ, जसको कारण तपाई खुसी रहन सक्नु हुनेछ ।

लाज नमान्नुस्
तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा आफु र आफ्नो परिवेशप्रति लाज महसुस हुन्छ भने यस्तो लाजलाई आजैदेखि त्याग्ने कोसिस गर्नु होस्। यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ।

सिर्जनात्मक काममा लाग्नुस्
लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ जस्ता सिर्जनात्मक काम गर्नुस्। सिर्जनात्मक काममा गर्दा शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ।

गहिरो सास लिने गर्नुस्
दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ। गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव आउने किसिमको रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न रहन मद्दत मिल्छ।

धेरै महत्वाकांक्षा नराख्नुस्
कुनै लक्ष्य राखेर त्यसका लागि आफूलाई तयार गर्दै लैजानु राम्रो हो। तर, चाँडै कुनै नतिजा हासिल गर्ने महत्वाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ। यसले तपाईंको खुसी समाप्त गरिदिन्छ। त्यसैले बढी महत्वाकांक्षी नबन्नुस्।

मुस्कुराउनुस्
हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस्। बिस्तारै यसलाई बानी बनाउन खोज्नुस्। हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ। हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई खुसी हुनका लागि मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button