समाचार

ह्युमन मिल्क बैंक सुरु -Good News

Gobal IME Bank

काठमाडौँ, ३ भदौ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ‘ह्युमन मिल्क बैंक’ सुरु गरेको छ । शुक्रबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन (ह्युमन मिल्क बैंक) केन्द्रको उद्घाटन गर्दै कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मिल्क बैंकको उद्घाटन गरेकी हुन् । “मिल्क बैंक”को उद्घाटन गर्दैै राष्ट्रपति भण्डारीले “ह्युमन मिल्क बैंक” अर्थात यो “अमृत कोष” ले मातृ तथा शिशु सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताइन् ।
यस संगै नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक स्थापना भएकाे छ । यस केन्द्रमा आमाको दूधलाई संक्रमणमुुक्त गरी ६ महिनासम्म भण्डारण गरेर आश्यकता अनुसार शिशुहरूलाई खुवाउन मिल्नेछ ।
‘अमृत कोष’ नाम दिइएको यस आमाको दूध भण्डारण केन्द्रले आमाको दुधबाट बन्चित शिशुहरू प्रत्यक्ष लाभान्वित हुने अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले बताए ।
स्तनपान प्रोत्साहन नीतिलाई व्यापक तथा यसकोे उपयोग बढाउन स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पहलमा युनिसेफ तथा युरोपियन युनियनको सहयोगमा यस अस्पतालमा बृहत स्तनपान व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो ।
यो बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेका बेलामा अरु आमाहरूको दूध उपलब्ध गराउनेछ । सुत्केरी आमाबाट सुरक्षित रुपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई अस्पतालले दूध उपलब्ध गराउने छ । नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै यस अस्पतालमा पूर्ण स्तनपान नीति लागु गरि बट्टाको दुध पूर्णत निषेधित छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव सो कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन (ह्युमन मिल्क बैंक) केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

समारोहका अन्य तस्बिरहरु :

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button