समाचार

भारतद्वारा २ हजार भाइल रेमडेसिभिर सहयोग-GoodNews24

Gobal IME Bank

काठमाडाैँ- भारत सरकारले नेपाललाई दुई हजार भाइल रेमडेसिभिर औषधी उपहार स्वरुप प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सो औषधी हस्तान्तरण गर्नु भएको हो । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौति सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायत अत्यावश्यक औषधी, जेठ ४ गते कोभिड–१९ टेस्ट किट (आरटी पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । निकटतम मित्र तथा छिमेकीको हैसियतले महामारी विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपालीको साथ रहेको दूतावासले जनाएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button