मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो इन्टरमिटेन्ट फास्टिङ ?

Gobal IME Bank

एजेन्सी। पछिल्ला धेरै अध्ययनले मानव स्वास्थ्यमा उपवासको सकारात्मक प्रभावका बारेमा विभिन्न तथ्य सार्वजनिक गरिरहेका छन् । पश्चिमा जगतमा ‘इन्टरमिटेन्ट फास्टिङ’ विधिको चर्चा यसको उदाहरण हो ।

इन्टरमिटेन्ट फास्टिङ उपवास विधिमा ८ घण्टा खाने १६ घन्टा नखाने सूत्र अपनाइन्छ । बीचबीचमा खाली पेट राख्नाले हाम्रो मेटाबोलिजमको क्यालोरी पचाउने तरिका नै फेरिदो रहेछ भन्ने विज्ञानले पनि प्रमाणित गरेको छ । आधुनिक पोषण विज्ञानले ‘तिमी त्यही हौ, जे खान्छौ’ भन्ने मान्यता राख्छ भने आयुर्वेदीय पोषण विज्ञानले यसलाई अपुरो मान्छ । आयुर्वेदले ‘तिमी त्यही हौ, जे पचाउँछौ’ को मान्यता राख्छ किनभने स्वास्थ्यको लागि राम्रो खानु मात्र पर्याप्त होइन । खानाबाट हाम्रो शरीरले के ग्रहण गर्छ त्यो बढी महत्वपूर्ण हुन्छ ।

वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै चर्चित व्यक्तिहरूले १६ घण्टे उपवासबारे चर्चा गर्ने गरेका छन्।

उपवास बस्दा त्यसले शरीरमा स्फूर्ति ल्याउन र सायद आयु बढाउन मद्दत गर्ने प्रमाणहरू भए पनि वजन घटाउन यो सही तरिका नहुन सक्ने भन्दै पोषणविद्हरूले चेतावनी पनि दिँदै आएका छन्।

इन्टरमिटेन्ट फास्टिङ भनेको एउटा निश्चित समयावधि भित्र खाने र लामो समय नखाने उपवास हो जसमा अघिल्लो दिनको अन्तिम खाना र अर्को दिनको पहिलो खानाको समयबीच लामो दूरी रहन्छ। खास गरी उपवास बस्नेहरूले ८ घण्टा खाने र १६ घण्टा नखाने समयावधिलाई नै ‘इन्टरमिटेन्ट फास्टिङ’ भनिन्छ। तर ‘इन्टरमिटेन्ट फास्टिङ’ केवल समय तोकिएको उपवासमात्रै होइन।

अन्यले भने ५.२ पोषणको विधि पनि अपनाउँछन् जसमा उनीहरूले पाँच दिन सामान्य तरिकाले नै खाना खान्छन् तर बाँकी दुई दिनभने अन्य दिन खानेभन्दा २५ प्रतिशत मात्रै खान्छन्।

यो विधिमा खाना खाने समयभन्दा पनि कति खाने भन्ने विषयलाई प्राथमिकता दिइन्छ।

तपाईले क्यालोरी त घटाउनुहुन्छ तर शरीरमा के भइरहेको छ भन्ने आवश्यक परिवर्तनबारे बुझ्न खोज्नु हुन्न।

स्वस्थ्य खानेकुरा कस्तो हुन्छ भन्ने नजानिकन उपवास बस्दा मानिसहरूले पछि उपवास छोडेसँगै फेरि वजन बढ्ने सम्भावना हुने चिकित्सकहरुकको भनाइ छ । भोक लागेको महसुस भयो र तपाईले खानुभएन भने अर्को दिन तपाईले धेरै खाना खाने सम्भावना हुन्छ।

त्यसैले, वजन घटाउन चाहने मानिसले उपवास बस्नु सही तरिका नहुन सक्छ तर तपाईले खाना खाने तरिका बदल्ने अरू उपाय हुनसक्छ। उपवास ‘अटोफेजी’ भन्ने प्रक्रियासँग सम्बन्धित छ जसको सम्भावित स्वास्थ्य फाइदाका कारण धेरैको ध्यानाकर्षण भएको छ।

शरीरको कोशिका व्यवस्थापनका लागि अटोफेजी आवश्यक छ भन्ने तथ्यका कारण र क्यान्सरलाई दबाउन पनि यसको भूमिकाबारे जान्नको लागि मानिसहरूमा रुचि बढेको छ।

आयु बढाउन बाहेक पनि थुप्रै कारणले अटोफेजीमा मानिसको धेरै चासो हुनसक्छ।

सिद्धान्त इन्टरमिटेन्ट फास्ट गर्नेले अन्यले जस्तै उति मात्रामा क्यालोरी भएको खाना खान सक्छन् तर व्यवहारमा भने धेरैजसो मानिसले क्यालोरी घटाउने गर्ने चिकित्सकले जानकारी दिएका छन् ।

यदि तपाईले साँझ ७ बजेबाट खाना खान बन्द गर्नुभयो भने पनि १० बजेसम्म तपाई खाएकै अवस्थामा हुनुहुन्छ अथवा भनौ हाम्रो पेट टन्न नै भई राखेको हुन्छ किनभने हाम्रो शरीरले त्यतिबेलासम्म पोषण तत्त्व पचाइरहनु भएको हुन्छ ।

तपाईँको खानामा भएको कार्बोहाइड्रेटले ग्लुकोजको राम्रो आपूर्ति गरिरहेको हुन्छ जसले केही घण्टाको लागि उर्जा दिन्छ।

खाएको अवस्था भनेको त्यो हो जसमा शरीरले उर्जाको स्रोतको रूपमा रगतमा ग्लुकोजको प्रयोग गरिरहेको हुन्छ।

त्यो स्रोतको प्रयोग भइसकेपछि शरीर क्याटाबोलिक अवस्थामा प्रवेश गर्छ जुन खाना खाएको तीन घन्टापछिको अवस्था हो। यो चरणमा, मांसपेशी र कलेजोमा जम्मा भएको ग्लाइकोजेन ग्लुकोजमा टुक्रिन्छ। जब ग्लाइकोजेन भण्डार रित्तिन्छ शरीर ग्लुकोजबाट किटोनमा परिणत हुन्छ जुन कलेजोमा फ्याटी एसिडबाट बनेको हुन्छ। यही विन्दुमा शरीर किटोसिसको अवस्थामा परिणत हुन्छ र अटोफेजी सुरु हुन्छ।

कुन बेला ग्लुकोजबाट किटोन्समा प्रवेश गर्छ भन्ने हामीलाई ठ्याक्कै थाहा हुँदैन । यो अनुवंश, स्वास्थ्य, जीवनशैलीलगायत धेरै कुरामा भर पर्छ। तपाई सँग कति ग्लाइकोजेन छ भन्ने कति खानुभएको छ र कति उर्जा खर्चनु भयो भन्नेमा भर पर्छ।

कसरी उपवास बस्ने ?
उपवास बस्नका लागि तपाईले भोकको महसुसलाई घटाउँदै लैजानुपर्छ ।

घ्रेलिन भन्ने हर्मोनका कारण हामीलाई भोक महसुस हुन्छ र यस कारणले गर्दा एनपीवाइ र एजीआरपी नामका दुई हर्मोन उत्पादन हुन्छ। पानी खाइरहँदा त्यसले भोकको प्रारम्भिक महसुस सँग जुध्न मद्दत गर्छ। सुरुका केही हप्ता कठिन हुन्छ तर बिस्तारै बानी पर्न थाल्छ।

धेरै मानिसका लागि खाना खाएको १२ देखि २४ घण्टामा किटोसिस चरण देखिन्छ। त्यसैले तपाईले साँझको खाना ६ देखि साढे ८ को बीचमा खानुभयो भने तपाईको फेड स्टेट अर्थात् खाएको अवस्था ९ देखि साढे ११ बीचमा सकिन्छ।

त्यसपछि किटोसिस र अटोफेजीको अवस्था भोलिपल्ट बिहान ६ देखि साढे ८ को बीचमा देखापर्छ। धेरै मानिसहरू बेलुकाको खाना खाइसकेपछि पनि केही खानेकुरा स्न्याक्सको रुपमा खाने गर्छन् ।

गुलियो कुरा वा पेय पदार्थले फेड स्टेट अर्को तीन घण्टाको लागि लम्ब्याउँछ। यदि तपाईँले साढे ९ देखि १० को बीचमा केही खानुभएको छ भने त्यसले फेड स्टेट १ देखि ३ घन्टासम्म लम्ब्याउँछ ।

यसको अर्थ तपाईले भोलिपल्ट अर्को दिनको खाना सुरु गर्दासम्म तपाईको शरीर किटोसिसको अवस्थामै पुग्दैन।

तपाईले अघिल्लो साँझ एक घण्टा अगाडि खाने योजना गर्नुभयो र त्यसपछि केही पनि खानुभएन भने भोलिपल्ट बिहानैबाट तपाई किटोसिसको चरणमा प्रवेश गर्नुहुन्छ। तर यदि कसैले अघिल्लो साँझ धेरै कार्बोहाइड्रेट खाएको छ र त्यसपछि पनि केही खानेकुरा खायो भने उ किटोसिस चरणमै प्रवेश गर्दैन ।

सचेत तरिका अपनाएर इन्टरमिटेन्ट फास्टिङ गर्दा यसबाट शरीरलाई फाइदा पुग्न सक्छ।

उमेरसँगै अटोफेजीको अवस्था घट्दै जाने देखिएको छ र वजन घटाउनका लागि त्यो सही तरिका नहुन सक्नेबारे सचेत हुनुपर्छ किनभने सन्तुलित आहारको अर्को कुनै विकल्प छैन।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button