मुख्य समाचारसमाचार

महिला दिवसको अवसरमा ललितपुर महानगरले साइकल र्‍याली तथा पदयात्रा कार्यक्रम गर्ने

Gobal IME Bank

ललितपुर । ललितपुर महानगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ । ललितपुर महानगरपालिका दिवस मुल समारोह समितीको आयोजनामा महिला दिवसमा साइकल र्‍याली तथा पदयात्रा कार्यक्रम हुने भएको छ ।

साइकल र्‍यालीको कार्यक्रम जावलाखेलबाट सुरु भएर पुल्चोक, ज्वागल र नागबहाल हुँदै मंगलबजारमा पुगेर समापन हुने बताईएको छ भने पदयात्राको कार्यक्रम जावलाखेलबाट सुरु भएर पुल्चोक र महापाल हुँदै मंगलबजारमा पुगेर समापन हुने बताईएको छ । साइकल र्‍याली र पदयात्राको कार्यक्रममा सहभागी हुनको लागि सोही दिन बिहान ७ बजेदेखी ७ः३० बजेसम्मको समय छुट्याईएको छ ।

‘लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ फागुन २४ गते ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button