अन्तर्बार्तामनोरञ्जनसमाचार

लोक प्याटर्नमा जमेका बब्लु, फरक स्वाद दिनमा माहिर (अन्तर्वार्ता/भिडियो)

Gobal IME Bank

काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायक हुनुहुन्छ ‘देवेन्द्र बब्लु’ । देवेन्द्र बब्लु आफुले गाउने प्रायजसो गीतहरुमा आफैले नै संगीत भर्ने काम पनि गर्नुहुन्छ । बाग्लुङ जिल्लाका देवेन्द्र बब्लु छोटो समयमा नै दर्शकका प्रिय बन्नुभएको छ ।

हालै गायक तथा संगीतकार देवेन्द्र बब्लुको नयाँ सांगीतिक कोसेली ‘परान’ पनि सार्वजनिक भएको छ । लोक मेलोडी विद्यामा आधारित रहेको गीतको शब्द तथा संगीत देवेन्द्र बब्लुको नै रहेको छ ।

गुड न्युज २४ सँगको संवादमा गायक देवेन्द्र बब्लुले आफ्नो हालै सार्वजनिक भएको गीत ‘परान’ को सिर्जनाका बारेमा बताउँदै यस गीतमा एक प्रेमीले आफु भन्दा टाढा रहेको प्रेमीकालाई बोलाएको, सम्झिएको कुराहरु देखाउन खोजेको बताउनुभयो । त्यस्तै उहाँले आफुले सिर्जना गरेको अन्य गीतहरुमध्ये ‘परान’ को सिर्जनालाई अलि लामो समय लागेको पनि बताउनुभयो । ‘मलाई यो गीत लेख्न झण्डै एक वर्ष लाग्यो, मेरो लागि यो गीत अरु गीतहरुभन्दा धेरै खोजिएको, शब्द, संगीतमा मिहिनेत गरिएको, स्टुडियोको कामहरु सबै कुरामा लामो समय लाग्यो ।’ उहाँले भन्नुभयो।

त्यसो त ‘परान’ ले छोटो समयमै दर्शकको भरपुर माया पाएको छ । रिलिज भएको दुई दिनमै ट्रेन्डिङमा आउन सफल भएको यो गीतले दर्शकको मन जित्न सफल भइसकेको छ ।

त्यसैगरी आफ्ना बाल्यकालका दिनहरुलाई सम्झिदै उहाँले बाग्लुङको गाउँको परिवेशलाई पनि जिकिर गर्नुभयो । गाउँमा हुँदा त्यो बेलामा मनोरन्जनका माध्यम जस्तै टिभी, फोन नहुँदा केही उत्सव र परिवारिक जमघट हुँदा मनोरञ्जनको माध्यम नै गीत संगीत हुने गरेको र त्यहीबाट नै उहाँको सिकाई र संगीतप्रति रुचि सुरु भएको बताउनुभयो ।

देवेन्द्र बब्लुले काठमाडौँ आइसकेपछि पढ्ने क्रम मै रेडियो र थिएटरमा समेत काम गर्न थाल्नुभयो र यसरी उहाँ अझै बढी सांगीतिक माहोलमा घुलमिल हुनुभयो । त्यसो त उहाँले हालसम्म ९ वटा गीत गाइसक्नुभएको छ । संख्याको हिसाबमा थोरै भए तापनि चर्चा भने भरपुर कमाउन सफल हुनुभएको छ । उहाँले नेपाली सांगीतिक क्षेत्रमा आउन चाहने व्यक्तिहरुलाई धर्य र लगनशीलताका साथ लागि परेमा सफलता अवश्य पाइने पनि बताउनुभयो । ‘सानो सानो कुरामा आफुलाई यो भिड भन्दा फरक ढङ्गले प्रस्तुत गरेर वर्क आउट गरेर आएमा सकिन्छ । अलिकति धैर्य गर्नु पर्छ , कसैलाई फल छिटो मिलिहाल्छ रिजल्ट आइहाल्छ, कसैलाई टाइम लाग्छ । धैर्यता, मिहिनेत, अध्ययन र लगनशीलताको खाँचो छ राम्रो गर्न सकियो भने राम्रो छ’, उहाँले भन्नुभयो ।

उहाँले दर्शकको सुझाव, सल्लाह र प्रतिक्रियालाई आत्मसाथ गर्दै थप मिहिनेतका साथ अगाडि बढ्ने पनि बताउनुभयो ।

बब्लुले म हाँसे हाँस्छौ र ?, मनमाया, भेटै हुन्न कि, म त पर्खेको पर्खै छु, दिल दुखो र परान जस्ता निकै राम्रा सांगीतिक कोसेलीहरु नेपाली दर्शक श्रोताहरुसामु पस्किसक्नु भएको छ ।

धेरै दर्शक श्रोताहरुलाइ थाहा नभएको विषय हुनसक्छ, गायक देवेन्द्र बब्लु प्रसिद्ध गायक प्रकाश सपुतका भाई हुनुहुन्छ । दाई प्रकाश सपुतसंगको सहकार्यबारे हामीले प्रश्न राख्दा उहाँले पर्दामै आएर सहकार्यको कोसेली दर्शकमाझ नल्याइएको भएपनि पर्दा पछाडी भने दाजु-भाईमा सहकार्य सधै हुने गरेको उहाँले बताउनुभयो ।
-प्रिन्सु ढकाल

Interview With GoodNews24:-

Paran song link:-

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button