मुख्य समाचारसमाचार

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग निष्क्रिय, सर्वोच्च फर्किँदै

Gobal IME Bank
file photo

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र संसदका महासचिव डा. भरतराज गौतमले दिनुभएको हो ।

यससँगै जबराको निलम्बन हटेको छ र उहाँ अब सर्वोच्च अदालत फर्किने तयारीमा हुनुहुन्छ ।

जबराको कार्यकाल भने अझै केही दिन बाँकी छ । जबराले आगामी २७ गते अवकाश पाउँदैहुनुहुन्छ ।

जबराविरूद्ध २०७८ फागुन १ गते ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए। सो महाअभियोगबारे छानबिन गर्न फागुन २२ गते प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरेको थियो।

जबराविरूद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न असक्षम रहेको, लगायतका आरोपहरु रहेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button