Thursday , 29 July 2021

थुनुवालाई धरौटीमा हिरासतमुक्त – GoodNews24

जनकपुरधाम। कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा गम्भीर प्रकृतिका मुद्दाबाहेकका थुनुवालाई धरौटीमा हिरासतमुक्त गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी थुनुवाको सङ्ख्या कम गर्ने रणनीतिअनुरूप सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई कानूनी प्रक्रिया पु¥याई हिरासतमुक्त गर्न लागिएको हो ।

यसअघि कोरोना भाइरसको सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका थुनुवाको सङ्ख्या घटाउन सरकारलाई दिएको निर्देशन थियो । सो कार्यालयमा विभिन्न प्रकृतिका मुद्दाका ६० जना थुनुवा रहेकामा आइतबार १२ जनालाई धरौटीमा हिरासतमुक्त गरिएको छ भने आज १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरिएको बताइएको छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …

[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″]

[irp posts=”3399″]

[irp posts=”5398″] [irp posts=”5305″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle