समाचार

झ्याडी–देउराली खण्ड स्तरोन्नति शुरु-GoodNews24

Gobal IME Bank

सिन्धुपाल्चोक, ५ असोज: जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौँको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । दशकौँदेखि चौताराबाट काठमाडौँ जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो ।

उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी–देउराली खण्ड स्तरोन्नति कार्यको आइतबार शुभारम्भ भएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्तरूपमा स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको हो ।

उक्त सडकखण्ड स्तारोन्नतिको काम प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि काठमाडौँले पाएको छ । गत असार २८ गते सम्झौता भई काम शुरु भएको यस अयोजना २०७९ असार २७ भित्र सम्पन्न गरिसक्नुपर्ने छ । आयोजनाको अनुमानित लागत खर्च रु ४६ करोड ७३ लाख ४२ हजार ९६६ रहेको छ भने सम्झौता रकम रु २९ करोड ४९ लाख ५९ हजार ९८२ रहेको जनाइएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button