समाचार

पत्रकार तिमिल्सिनाको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित-Goodnews24

Gobal IME Bank

काठमाडौँ-माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड –१९ को महामारीकै बीच माक्र्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा माक्र्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ । समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा पुस्तकले जोड दिएको छ ।
नेपालका विद्यमान कम्युनिष्ट पार्टीको विवेचना गर्दै पुस्तकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता र विजयको अभियानका कारण वस्तुगत ऐतिहासिकताको जगमा उभिएको, नेत्रविक्रम चन्द समूह सारसङ्ग्रहवादी भएको, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) अकर्मण्य देखिएको, सिपी मैनाली नेतृत्वको नेकपा (माले) ले अस्तित्व धान्न प्रयासरत रहेको र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीले गुणात्मक प्रगति गर्न नसकेको टिप्पणी गरिएको छ ।
“जनमतका दृष्टिले शक्तिशाली तर कम्युनिष्ट विचार र आचारका दृष्टिले स्खलितावस्थामा रहेका कम्युनिष्टलाई माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास र विज्ञान एवं प्रविधिको ज्ञानले सुसज्जित गर्न र सिद्धान्तअनुरुप क्रान्तिकारी व्यवहारका लागि उत्प्रेरित गर्नुपर्ने कम्युनिष्ट पार्टी र यसका नेताहरु दैनन्दिन प्राविधिक झमेलामा अल्झिएका छन्”, लेखकले भन्नुभएको छ, “कम्युनिष्ट राजनीतिमा आकर्षित र क्रियाशील युवा पुस्ता माक्र्सवादको आधारभूत ज्ञानसँग पनि परिचित नहुने बिडम्वनापूर्ण परिस्थिति हाम्रो राजनीतिमा विद्यमान छ । वैज्ञानिक सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रुपान्तरण गरेर मात्र माक्र्सवादी ध्येय प्राप्त गर्न सकिन्छ, त्यस्तो व्यवहार सामाजिक व्यवहार हो, जुन व्यवहार हाम्रो चिन्तन र कार्यशैलीका रुपमा अभिव्यक्त हुन्छ । त्यही व्यवहारले मात्र जनतालाई कम्युनिष्ट समाजको प्रारम्भिक चरणबाट उन्नत चरणसम्म लैजाने कार्यभार पूरा गर्दछ ।”
कूल ३८० पृष्ठ र पाँच खण्डको सो पुस्तकमा दर्शनशास्त्र, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व कम्युनिष्ट आन्दोलनको इतिहास तथा विज्ञान र प्रविधिसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् । ‘इण्डिग
इन्क’ को प्रकाशन सो पुस्तकमा नेकपाका अध्यक्ष दाहालको प्रतिक्रिया र नेकपाका नेता डिलाराम आचार्यको भूमिका छ ।
लोकपाटी मिडियाका अध्यक्ष लेखक तिमिल्सिना तत्कालीन प्रधानमन्त्री दाहालका प्रेस संयोजक पनि रहनुभएको थियो । नेकपा निकट बुद्धिजीवी सङ्गठनमा पनि आबद्ध उहाँको यसअघि ‘जनताको जनवादका आधारहरु’ (संयुक्त) पुस्तक प्रकाशन भएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button