समाचार

भक्तपुरमा ‘जुजु धौ’ दहीको माग उच्च : भ्याइनभ्याई -Good News 24

Gobal IME Bank

भक्तपुर, १५ असार ।  भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दहीको माग अत्यधिक छ, मंगलबारदेखि नै बिक्री ह्वात्तै बढेको छ । अहिले बिहानैदेखि पसलमा दही लिन आउने सङ्ख्या अत्यधिक छ । माग भएको ठाउँमा पनि पुर्याउनै पर्यो ।”
दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भए अनुसारको दही बनाउन नसकिएको उहाँ बताउनुभयो । माटोको भाँडो अर्थात् कतारो, भिउट र कपमा बनाइने दही स्वादिलो हुने गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button