अन्यसमाचार

जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई

Gobal IME Bank

जुम्ला । देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताउनुभयो ।

जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पु¥याउँदा विशेषगरी सिञ्जा क्षेत्रका किसान मर्कामा परेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिञ्जाका सबै धान उत्पादन हुने खेतमा वर्षाले पूर्णरूपमा क्षति भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन जिल्लाका चन्दननाथ, तातोपानी, गुठीचौर, तिला र पातारासी गाउँपालिकामा यतिबेला घरमा धान भित्र्याउन सुरु भएको छ । मौसममा सुधार आएपछि जिउलोभरि मार्सीधान भित्र्याउा किसान लागिपरेका छन् । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त हुने गरेका छन् । एक हप्तासम्म वर्षा नभएको भए सबै धान घरमा ल्याइसकिने तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले बताउनुभयो ।

जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सीधान निकै लोकप्रिय धान बाली हो । पछिल्लो समय रोगकिराको सङ्क्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन्  ।

मार्सी धानको चामल प्रतिकेजी रु एक सय ५० देखि दुई सयमा बिक्री हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिनुभयो । जुम्ली मार्सीधानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । सोहीअनुसार प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गरिन्छ । सो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । चैत १६ गते भिजाएको बीउ सुकाउने र चैत २० गते ब्याडमा लगेर छर्ने गरिन्छ ।

जेठ पहिलो सातादेखि धान रोप्न सुरु गर्ने, असारमा पहिलो सातामा गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष नौ सय ५० हेक्टरमा धान खेती गरिएकामा छ हजार सात सय ८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सीधान उत्पादन हुने गरेको कार्यालयका प्राविधिक सुकिराम नेपालीले बताउनुभयो । जिल्लाका किसानलाई चन्दननाथ–१, ३ र लेकाली जातको धान सिफारिस गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
विश्वकै उच्च स्थानमा रहेको यहाँको पातारासी गाउँपालिकाको छुमचौर जिउलोमा मार्सीधानको खेतीसमेत हुने गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button