मनोरञ्जनसमाचार

के-पप कसरी बन्यो बिलियन डलर इन्डस्ट्री ?

Gobal IME Bank
photo-bbc

काठमाडौँ । के – पप भन्ने बित्तिक्कै पक्कै पनि बिटिएस, ब्लाकपिङ्क, एक्सो इत्यादि के – पप ग्रुपको चित्र हाम्रो मस्तिष्कमा आउँछ होला । के– पप अथवा कोरियन पप साउथ कोरियाको संगीत विधा हो । म्युजिक इन्डस्ड्रिमा के – पप दशौँ स्थानमा पर्छ । बिटिएस अहिले विश्वको सबै भन्दा ठुलो ब्यान्ड हो । रिपोर्टको अनुसार बिटिएस ब्यान्डले कोरियाको अर्थव्यवस्थामा ५ बिलियन डलर लिएर आउँछ, मात्र एउटा ग्रुपले ।

आजकल कोरियन गित र ड्रामा विश्वभर निकै प्रचलित भएको छ र संसार भरी नै कोरियन क्लचर पनि पपुलर हुन थालेको छ । २५ वर्ष अगाडी सुरु भएको कोरियन इन्टरटेनमेन्ट इन्डस्ट्रीले कसरी विश्वभर यस्तो प्रभाव पार्न सफल भयो ? कोरियन इन्टरटेनमेन्ट इन्डस्ट्रीले कोरियाको अर्थ व्यवस्थामा सन् २०१४ देखि २०२२ सम्म लगभग २१ बिलियन डलरको योगदान गरेको छ । हिसाब गर्ने हो भने यो रकम नेपालको वार्षिक बजेट भन्दा दोब्बर हो । केही बर्ष अगाडी रिलिज भएको बिटिएसको डाइनामाइट गीतले हालसम्म १४ बिलियन डलर भन्दा बढि राजस्व जेनेरेट गरेको छ । कोरियन इन्डस्ट्रीले सन् २०२१ मा १२.२ बिलियन डलरको निर्यात राजस्व जेनेरेट गरेको थियो ।

यति धेरै पपुलारिटि कोरियन इन्डस्ट्रीले कसरी पायो ?
सन् १९९० मा कोरियन पप खासै पपुलर थिएन त्यतिबेला ट्रट म्युजिक कोरियामा पपुलर थियो । पहिलो ब्यान्ड ‘ सिओ टेजि एण्ड बोइज ’ नामको ब्यान्डले कोरियन म्युजिक इन्डस्ट्रीमा प्रवेश गरेपछि म्युजिक शैलीमा परिवर्तन आएको थियो । यो ब्यान्ड अमेरिकी हिपहप म्युजिक बाट प्रेरित थियो । यो ब्यान्डको त्यतिबेला निकै आलोचना गरिएको थियो तर पनि, सिओ टेजी एण्ड बोइज , ग्रुपले ८ मिलियन एल्बम बिक्री गर्न सफल भएको थियो । सन् १९९० मा यो ग्रुप त्यस जेनेरेसनको सबैभन्दा धेरै एल्बम बिक्री गर्ने ग्रुप थियो र कोरियन म्युजिक हिस्टोरीमा लेजेन्ड ग्रुप मानिन्छ ।

त्यसपछि एस एम इन्टरटेटमेन्टले एच ओ टि नामको बोई ब्यान्डको डेब्यु गराएको थियो र यो ब्यान्डलाई पब्लिकले निकै मन पराएको थियो । यो ब्यान्डको सफलता पछि जिओडि, एस इ एस नामको अरु ब्यान्डहरुले पनि डेब्यु गरेको थियो । सन् २००० मा सेकेन्ड जेनेरेसन के पप ग्रुप बिग ब्याङ्ग र गल्र्स जेनरेसन, साइनि र बोआ नामको के पप ग्रुप यतिबेला निकै प्रचलित थियो ।
गल्र्स ग्रुप वन्डर गल्र्सले अमेरिकी म्युजिक इन्डस्ट्रीमा प्रवेश गरेको थियो । यो ग्रुप जेवाइपि इन्टरटेटमेन्ट कम्पनीबाट आएको थियो । यो ग्रुपले आफ्नो पपुलर गित ‘नोबडी’ को अंग्रेजी भर्जन निकालेर वेस्टर्न म्युजिक इन्डस्ट्री प्रवेश गरेको थियो ।

इन्टरनेट र युट्युबको कोरियन म्युजिकको सफलतामा ठुलो योगदान रहेको छ । के – पप ग्रुप जस्तै बिगब्याङ्क, गल्र्स जेनेरेसन पक्लिकको बिचमा इन्टरनेट र युट्युब मार्फत पपुलर भएको थियो ।

कोरियन म्युजिक इन्टरनेसनल मार्केटमा सफलता प्राप्त गर्दै थियो जब कोरियन म्युजिसियन साइ को ‘ गाङ्कनाम स्टाइल ’ रिलिज भयो र यो गीतले विश्वभरीको मानिसहरुको ध्यान आकर्षित गर्यो र निकै भाइरल पनि भयो । साइले के पपको लागि नयाँ ढोका खोलिदिएका थियो । साईको सफलताले कोरियन म्युजिकलाई इन्टरनेसनल म्युजिक इन्डस्ट्रीमा प्रवेश गर्न बाटो खोलिदिएको थियो ।

सन् २०१५ कोरियन म्युजिक इन्डस्ट्रीको गोल्डेन वर्षको सुरुवात भएको थियो । समय बिते सँगै के– पप ग्रुप जस्तै एनसिटि, ब्लाकपिंक, एक्सो र  बिटिएसहरुले विश्वभर आफ्नो संगीतले तहल्का मचाउन थाले । सन् २०१७ देखि बिटिएस बिलबोर्ड अवार्डमा सहभागी र नोमिनेट हुन थाल्यो । बिटिएस बिलबोर्ड अवार्डमा प्रवेश गर्ने भएको पहिलो के पप ग्रुप हो । केही बर्ष अघि रिलिज भएको बिटिएसको सिंगल ट्रयाक डाइनामाइटले मात्रै कोरियाको अर्थतन्त्रमा १.४ बिलियनको योगदान गरेको छ ।

के– पपका साथसाथै विश्वभरी अहिले के – ड्रामा पनि निकै पपुलर छ । कोरीयन इन्टरटेनमेन्ट इनडस्ट्रीको विश्वभरी यति धेरै प्रभाव छ कि नेटफ्लिक्सले सन् २०१५ देखि अहिले सम्म कोरियन ड्रामाको प्रडक्सन र पार्टनरसिपबाट नै ७०० मिलियन डलरका लगानी गरेको छ ।

आफ्ना समर्थक र फ्यान सँग नम्र व्यवहार गर्ने बेला बेलामा फ्यानमिट र लाइभमा आएर आफ्नो फ्यानहरु सँग अन्तरक्रिया गर्ने र आफ्ना फ्यानहरुलाई निकै माया गर्ने कारणले गर्दा के– पप आइडल, आर्टिस्ट र एक्टरहरुको फ्यान फलोइङ विश्वभर छ । यस्तै गरी सरकार, बिजनेस र आफ्नो संस्कृति र ट्राडिसनलाई फोकस गरेर अगाडी बढ्दा यस्तै ग्लोबल स्टारको जन्म नेपालमा पनि हुने सम्भावना छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button