मुख्य समाचारसमाचार

कालोपत्र गरिँदै सुनथराली विमानस्थलमा

Gobal IME Bank

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ ।
विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ । कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “विमानस्थल निर्माण सकिन लागेको छ”, उहाँले भन्नुभयो, “चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ ।”

विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताउनुभयो ।

विमानस्थल निर्माणमा रु एक अर्बभन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न रु १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button