मुख्य समाचारसमाचार

काठमाडौंमा चाहिने भन्दा बढी मोटरसाईकल, यसैकारण दुर्घटना भयो: मेयर बालेन्द्र साह

Gobal IME Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्युनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्युनिकरणका लागि सोसम्बन्धि विधेयक पारित भएको उल्लेख गर्दै उहाँले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्युनिकरण हुँदै जाने बताउनुभएको हो । सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुनेगरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिष्पर्धा भइ दुर्घटना हुने काममा कमी आउने उहाँको भनाई थियो ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङ्ग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर साहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबै सम्बन्धित निकायहरुले सहकार्य गरेर अघि बढाएर यहाँको सडक दुर्घटनालाई न्युनिकरण गर्नसक्छौं । अब धेरै कारणहरु छन् । बाटोको इन्फास्ट्रक्चरको कारणले हुनसक्ला । ट्राफिक म्यानेजमेन्टको कारणले हुनसक्ला ।

धेरै पक्षहरु छन् । त्यसलाई बिस्तारै हामीले मिलाउँदै जाने हो । अब एउटा साधारमा रुपमा हेर्दा पनि काठमाडौं महानगरपालिकामा चाहिने भन्दा बढी मोटरसाईकल देख्छौं । यसैकारण धेरै याक्सिडेन्टहरु हुने गरेको छ । सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपुर्याएका कारण पनि मोटरसाइकलहरुको संख्या काठमाडौंमा बढ्न गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साइज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन् । हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तर्गत सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन । सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हट्छ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिइरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने बित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भइरहेको छ । ती सबै काममा हामीहरु लागि पर्छौं ।’

मेयर साहले काठमाडौं उपत्यका भित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरुको तत्काल उपचार हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button