मुख्य समाचारसमाचार

काठमाडौं जिल्लामा कस्को कति ? -GoodNews24

Gobal IME Bank

बैशाख ३० गतेको निर्वाचन पछि धमाधम मत मतगणनाका कामहरु भईरहेका छन । गणना कै बेला मुख्यतय सबैको ध्यान काठमाडौंमा हुने गर्दछ  । देशै भरी मतगणना भरहेको बेला काठमाडौं महानगर र काठमाडौं भित्रका नगरहरुमा कति मत परिणाम आइरहेको छ ? यो सबैको कौतुहलताको बिषय हुन सक्छ । समग्रमा हेर्दा काठमाण्डौको ५ नगरपालिकाहरुमा नेपाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरिरहेको छ भने ५ स्थानमा  नेपाली कांग्रेसले अग्रता लिइरहेका छन । काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र तर्फबाट बालेन शाहले अग्रता लिइरहेका छन । हेरौ कस्को कति ?

कागेश्वरी मनोहरा नगरपालिका :
दिउसो ४ बजे सम्मको समयसम्म लाई हेर्दा कागेश्वरी मनोहरा नगरपालिका १०८५ मतका साथ नेकपा एमालेका रामशरण ढुंगाना अग्र स्थानमा रहेको छ भने नेपाली कांग्रेसका उपेन्द्र कार्की दोश्रो स्थानमा रहेका छन । त्यस्तै उपमेयरमा पनि एमालेका तर्फबाट शान्ता थापा ११३१ मतका साथ अगाडि छिन । समग्रमा हेर्दा कागेश्वरी मनोहरा नगरपालिका एमालेले अग्रता हासिल गरिएहेको छ ।

काठमाडौं महानगरपालिका :
सबैको ध्यान यति बेला स्वतन्त्रबाट उम्मेदारी लिएका बालेन शाह पट्टी रहेको अवस्थामा बालेन शाहले नेकपाका केशव स्थापितलाई पछि पार्दै ३११०
मतका साथ अग्र स्थानमा छन । केशव स्थापित भने १६४५ मतका साथ दोश्रो स्थानमा रहेका छन । काठमाडौंको मत परिणामलाई हेर्दा गठबन्धन कमजोर परिरहेको देखिन्छ । १६०२ साथ सिर्जना श्रेष्ठ तेस्रो स्थानमा छिन । तथापी यो केही स्थानको मात्र गणना हो । पूर्ण नतिजा आउन अझै बाँकी रहेको र केशव स्थापितले बाजी मार्न सक्ने सम्भावना भने अझै प्रवल देखिन्छ । उपमेयरमा सुनिता डंगोलको शिर्ष स्थान पनि चासोको बिषय बनिरको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उपमेयरका लागि उम्मेवार सुनिता डंगोल २००० मतका साथ अगाडि छिन ।

कीर्तिपुर नगरपालिकामा :
कीर्तिपुर नगरपालिकामा प्रमुखका लागि नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । नेपाली कांग्रेसका राजकुमार नकर्मीले २६२० मतका साथ अग्र स्थानमा रहेका छन भने एमालेका केशरत्न बज्रचार्यले १६०५ मतका साथ कांग्रेसलाई पछ्याइरहेको छ । उपमेयर अथवा उपप्रमुखमा पनि कांग्रेसको नै अग्रता पाउन सकिन्छ । नेपाली कांग्रेस शुभलक्ष्‍मी शाक्‍य २४१५ मतका साथ अग्र स्थानमा छिन ।

गोकर्णेश्वर नगरपालिका :
गोकर्णेश्वर नगरपालिकामा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्धव विष्ट २३३२ मतका साथ अगाडि छन । नेपाली कांग्रेसका दिपककुमार रिसाल
१९५२ का साथ दोस्रो स्थानमा छन भने उपमेयरमा पनि २३१५ का साथ एमालेले अग्रता प्राप्त गरिरहेको छ ।

चन्द्रागिरी नगरपालिका :
चन्द्रागिरी नगरपालिकामा कांग्रेसले अग्रता लिरहेको छ । नेपाली कांग्रेसका घनश्याम गिरी २४१३ मतका साथ अगाडि छन भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उत्तमबहादुर राउत १८९४ मतका साथ दोस्रो स्थानमा रहेका छन । यता उपमेयरमा भने एमालेले अग्रता लिरहेको छ । एमालेकी वसन्‍ती श्रेष्‍ठ १९६६ मतका साथ राष्ट्रिय जनमोर्चाका रोशन दानी भन्दा अगाडि छिन ।

टोखा नगरपालिका :
टोखा नगरपालिका भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बाजी मारिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रकाश अधिकारी २८९४ मतका साथ अग्र स्थानमा छन भने नेपाली कांग्रेस कि रजनी थापा २५५४ मतका साथ दोस्रो स्थानमा छिन । उपप्रमुखमा पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्ञानमाया डंगोल अग्रतामा छिन ।

तार्केश्वर नगरपालिका :
तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्‍णहरी महर्जन ४१५६ मतका साथ अग्रतामा छन । एमालेका रमेश्वोर बोहोरा ३३६९ मतका साथ दोस्रो स्थानमा छन । प्रमुख र उपप्रमुख दुबइमा तार्केश्वर नगरपालिकामा पनि कांग्रेसको नै अग्रता रहेको छ । उपप्रमुखमा सृजना बुर्लाकोटी ९३४ मतका साथ अगाडि छिन भने उनलाई पछ्याउदै एमालेकी भवानी डोटेल धिताल दोस्रो स्थानमा छिन ।

दक्षिणकाली नगरपालिका :
दक्षिणकाली नगरपालिकामा हेर्ने हो भने पनि कांग्रेसका मोहन बस्नेतले फराकिलो अन्तरले अग्रता हासिल गरिरहेका छन । कांग्रेसका उम्मेदवार मोहन बस्नेतले ४३१९ मत प्राप्त गर्दै अगि छन भने ३२१९ मतका साथ एमालेका श्रीराम आचार्य दोस्रो स्थानमा छन । कांग्रेसकै तर्फबाट बसन्‍ती तामाङले ४५९० मतका साथ उपमेयरमा अग्रता प्राप्त गरिरहेकी छिन । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट इन्दिरा न्यौपानेले उपप्रमुखमा २९१७ मतका साथ कांग्रेसकी बसन्ती तमाङलाई पछ्याउदै छिन ।

नागार्जुन नगरपालिका :
नागार्जुन नगरपालिका पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । प्रमुखका लागि कांग्रेसका मोहनबहादुर बस्नेत १२५१ मतका साथ अगाडि छन भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नन्दन हरि गौतम ७३७ मतका साथ दोस्रो स्थानमा छन । तर उपप्रमुखमा भने एमालेकी शुशिला अधिकारी ७५७ मतका साथ अग्रता लिरहेकी छिन ।

बूढानीलकण्ठ नगरपालिका :
बूढानीलकण्ठ नगरपालिका भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मिठाराम अधिकारी २०५८ मतका साथ अगाडि छन । १७४० मतका साथ नेपाली कांग्रेस विनोद चालिसे दोस्रो स्थानमा छन भने उपप्रमुख तर्फ एमालेकी नै अनिता लामा २४१७ मतका साथ अगाडि छिन ।

शङ्खरापुर नगरपालिका :
शङ्खरापुर नगरपालिका पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नै अग्रता छ । एमालेका कृष्णलाल बजगाईं १२४८ मतले अगी छन भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का लक्ष्मीप्रसाद श्रेष्‍ठ ११९१ मतका साथ दोस्रो स्थानमा छन । उपप्रमुखमा कांग्रेसकी समिता श्रेष्ठले १६०४ मतले अग्रता लिएकी छिन ।

यसरी समग्रमा हेर्दा काठमाण्डौ जिल्लामा कतै नेपाली कांग्रेस त कतै नेकपा एमालेले अग्रता लिइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button