मुख्य समाचारसमाचार

प्रविधिमा महिलाको पहुँच र डिजिटल साक्षरता एक साथ आवश्यक- उपप्रमुख डंगोल

११३ औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक विकास विभागको अन्तरक्रियात्मक गोष्ठी

Gobal IME Bank

काठमाडौँ । महिलाहरुका लागि प्रविधिमा पहुँच र डिजिटल साक्षरताका कार्यक्रम एकै्र पटक सञ्चालन गर्नुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर आज राष्ट्रिय गृहमा आयोजना गरिएको क्षमता विकास कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषय पहुँच सँगै थाहा हुनुपर्छ ।

धेरै व्यत्तिःले सामाजिक सञ्चालन चलाउनुहुन्छ । त्यसमा के गर्नु हुन्छरु र के गर्नु हुँदैन भन्ने धेरैलाई थाहा छैन । कहिलेकाहीँ नजानेर त्यसबाट सिर्जित समस्यामा फस्ने सम्भावना हुन्छ ।’ उहाँले भन्नुभयो, ‘सूचना प्राप्त गर्ने अधिकारसँग केही दायित्व जोडिएका छन् । ती दायित्व पूरा गरेपछि मात्र प्रविधिको सदुपयोग हुन्छ । मोवाइलले मान्छेलाई चलाउने होइन मान्छेले आवश्यक परेका बेला मोवाइल चलाउन सकोस् । सामान्य विषय हो । यहीँबाट सदुपयोगको प्रयास थाल्नुपर्छ ।’

‘हातमा प्रविधि आइ पुगेको छ । प्रयोग गर्ने विधि नजानेर वा गलत प्रयोग गरेर महिलाहरु हिँसा र जोखिममा पर्ने गरेको घटनाले देखाएका छन् ।’ विषयमा स्पष्ट पार्दै सामाजिक विकास विभागका निमित्त प्रमुख गोपालप्रसाद पोखरेलले भन्नुभयो, ‘सहरमा यस्तो अवस्था हुनु हुन्न भनेर हामीले साइबर अपराध र कानुनी प्रबन्धमा विषयमा क्षमता विकास कार्यक्रम चलाएका हौँ ।’

एक दिवसीय गोष्ठीमा प्रहरी निरीक्षक पशुपति रायले साइबर अपराधका विषयमा र सूचना आयोगका सदस्य कमला ओलीले सूचनाको हकका विषयमा प्रस्तुतिकरण गर्नुहुनेछ । यस्तै डा। राजु अधिकारीले सकारात्मक सोचका विषय प्रस्तुतिकरण गर्नुहुनेछ ।
कार्यक्रममा प्रस्ताव लेखन तालिमका स्रोत व्यक्ति र सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

लैङ्गिक समानताको बलियो आधारस् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” मूल नाराका साथ ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button