Grace Computer Jawalakhel
अन्यसमाचारसूचना प्रविधि

चर्को विद्युत महशुल नउठाउन घरबेटीलाई कुलमानको चेतावनी

 

 २९ भदौ, काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । साथै मिटर बिलमा उठेभन्दा बढी महशुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गरेका छन् ।  प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ ।  घिसिङले प्राधिकरण सम्हालेको ३ वर्र्ष पूरा भएको छ । ३ वर्र्ष अवधिमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरी ९ अर्ब वार्षिक घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे जानकारी गराएका हुन् ।

प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि बनाएको छ । त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्ष भित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको जानकारी गराए। प्राधिकरणले चालू आर्थिक वर्ष भित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पुर्याउने योजना तय गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button