गुड न्यूज 24मुख्य समाचारसमाचार

जनताको असल जनप्रतिनिधि ‘अस्मिता थापा’, आफ्नो सरकारी सवारी एम्बुलेन्सका रुपमा जनतालाई

Gobal IME Bank

ओखलढुंगा । सरकारी सवारीसाधन प्रयोग नगर्ने भन्ने कुरा आफैमा अनौठो कुरा हुन जान्छ । त्यसमाथी सरकारले नै जनप्रतिनिधिहरुका सुविधाका लागि भनेर सरकारी सवारीसाधन उपलब्ध गराएको हुन्छ । तर ओखलढुंगाको लिखु गाउँपालिकामा एक जना यस्तो जनप्रतिनिधि हुनुहुन्छ जस्ले आफ्नो कामले सबैलाई चकितमा पारेर जनताको प्रेम र स्नेह पाउन सफल बन्नुभएको छ ।

‘अस्मिता थापा’ ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ, जस्ले आफ्नो सुविधाको लागि सरकारले उहाँलाई उपलब्ध गराएको सरकारी सवारीसाधन आफुले प्रयोग नगरी जनताकै काममा बरु दिनुभयो । आफु निर्वाचित हुँदै गर्दा पालिकाभित्र एम्बुलेन्स नभएको कारण उहाँले आफ्नो सरकारी सवारीसाधन पालिकालाई जनताको सेवामा प्रयोग गर्न दिनुभयो । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

आफुलाई प्राप्त सवारीलाई एम्बुलेन्स बनाएर पालिकामा दिनुभएको थियो र अहिले भने पालिकामा नयाँ एम्बुलेन्स आएको छ । तर उहाँले अब फिर्ता भएको सोही सवारी प्रयोग नगर्ने घोषणा गर्नुभएको छ ।

उपाध्यक्ष थापाले आफु अत्यावश्यक कामका लागि मोटरसाइकल र सार्वजनिक सवारी प्रयोग गर्ने, तर पालिकालाई खर्चको भार नथप्ने भन्नुभएको छ । उहाँले- ‘साधन आवश्यकता हो तर खर्च धान्न आयस्रोत आफ्नो नभएका गाउँपालिकालाई मुस्किल छ सो कारण यो निर्णय बन्यो’ भन्नुभयो ।

त्यसो त पालिकाको उपाध्यक्षको यस किसिमको व्यवहारले स्थानीयहरु पनि खुसी देखिन्छन् । पहिले एम्बुलेन्स नहुँदाको पिडालाई उनीहरुले भुल्न सकेका छैनन् । तर उपाध्यक्षले आफ्नो सवारीलाई एम्बुलेन्सको रूपमा उपलब्ध गराउँदा र उपचारका लागि जिल्लाबाहिर जान भने निकै सहज भएको स्थानीयहरु बताउँछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button