समाचार

महावीर पुनलाई पोर्चुगलमा सम्मान-GoodNews24

Gobal IME Bank

 

लिस्बन, १२ जेठ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिनुभएको थियो । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उहाँले जानकारी गराउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button