मुख्य समाचारसफल कथासमाचार

चौबिस वर्ष पछि नेपाल फर्किएर नाङ्गी र राम्चेको मुहार फेर्न सफल वैज्ञानिक महाविर पुन

Gobal IME Bank

काठमाडौँ । महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम तार रहित क्षेत्रहरुमा ताररहित प्रविधिको विकासको लागि र आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ। उहाँ नेपालको बहुचर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले मान्यता दिएको छ। उहाँको कामले धेरै युवाहरूलाई आफ्नो देश फर्किन र देशको विकासको, सेवा गर्न प्रेरित गरिरहेको छ।

पुनले आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर १२ वर्ष ४ वटा विद्यालयहरुमामा शिक्षकको रूपमा काम गर्नु भएको थियो । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविध्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गर्नु भएको थियो । स्नातकोत्तर सकाएर २४ वर्ष पछि आफ्नो गाउँ नाङ्गी फर्के पछि उहाँले दिगो शिक्षाको आवश्यकता महसुस गर्नुभएको थियो। यसको सुरुवात उहाँले हिमान्चल उच्च माविको स्थापनाबाट गर्नु भएको थियो । कम्प्युटर शिक्षा र आय श्रोत वृद्धिलाई ध्यानमा राखी उहाँले आफ्नो कार्य अगाडि बढाउँदै देशलाई विकासतर्फ अग्रसर गराउन थाल्नु भएको थियो ।

सन २००१ मा ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उहाँको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने योजनालाई विश्वसमुदायमाझ पेस गरेको थियो। बीबीसीको यस प्रशारणको सहायताको कारण युरोप र अमेरिकाबाट विभिन्न सहयोगीहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उहाँले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल हुनु भएको थियो ।

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसक्नु भएको छ ।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्नु भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button