समाचार

चैत्रमा महाधिवेशन गर्ने नेकपाको निर्णय-GoodNews24

Gobal IME Bank

काठमाडौँ — नेकपा पार्टीको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजान गरिने भएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै बैठक टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र दाहालले कार्यकारी भूमिकामा पार्टी नेतृत्व गर्ने निर्णय भएको जानकारी दिदै प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको बताएका छ्न । त्यस्तै सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । साथै, पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजान गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button