समाचार

मकवानपुरका शक्तिपीठमा भक्तजनको घुइँचो – Good News 24

Gobal IME Bank

मकवानपुर । महाअष्टमी पर्वमा मकवानपुरको शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनको घुइँचो छ । हेटौँडा–१० स्थित भुटनदेवी मन्दिर, मकवानपुर र बाराको सिमानामापर्ने चुरियामाई, मकवानपुरगढी–४ स्थित मनकामना र भीमफेदीमा रहेको भीमसेन मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

शक्तिपीठहरुमा घटस्थापनादेखि दशमीसम्म भक्तजनको घुइँचो हुन्छ । विशेषगरी फूलपातीको दिनदेखि नवमीसम्म पूजाआराधना तथा बलि भोग दिन भक्तजन आउने गरेका छन् । चुरियामाई, मनकामना, भुटनदेवी र भीमसेन मन्दिरमा बलि भोग चढाइन्छ । नरिवलदेखि हाँस, कुखुरा, बोकालगायतका पशुपक्षीको बलि भोग चढाउने चलन छ ।

त्यस्तै आज हेटौँडा–४ स्थित पशुपति मन्दिर, थाहा नगरपालिकामा रहेको ऋखेश्वर मन्दिर र मकवानपुरगढीमा भक्तजनले दुर्गा भवानीको विशेष पूजा आराधनाका लागि आइपुगेका छन् । आज विशेष गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button