मनोरञ्जनमुख्य समाचार

मण्डला नाटकघरमा ‘ २४ मा १२ ’ नाटक – Good News 24

Gobal IME Bank

काठमाडौंं १७ भदौ , शुक्रवारबाट थापागाँउ स्थित मण्डला नाटकघरमा ‘ चौबिसमा बाह्र ’ (२४ मा १२ )नाटक सुरु हुदैँ छ । कैयौ शताब्दी देखि भेदभाव र उत्पिडनमा परेका दलित र यौनिक अल्पसंख्यक समुदायको दैनिक जीवन भोगाइलाइ समेटिएको छ । नाटकका मुख्य दुई पात्रले चौबिस घण्टामा बाह्र घण्टा दिनमा र बाह्र घण्टा रातमा समाजले दलित र यौनिक अल्पसंख्यक समुदायलाई गर्ने तिरस्कार र अमानवीय व्यवहारलाई प्रस्तुत गर्न खोजिएको  नाटकका निर्देशक  संगीत सापकोटाले गुड न्यूज २४ लाइ जानकारी गराएका छन् ।
नाटक चौबिस बाह्रले दुई पात्रमा केन्द्रित रहेर आफ्नो कथा प्रस्तुत गरेको छ । हाम्रो समाजमा रहेको जातिय र लैङ्गिक विभेदलाई जरैदेखि निर्मुल पार्नुपर्छ भन्ने सिद्दान्त नाटकले बोकेको छ ।

उमेश सुनामको लेखनमा रहेको  रहेको नाटकलाइ, स्टेज व्यवस्थापन  पुर्ण बहादुर गन्धर्वले गरेका छन्  । उक्त नाटक असोज ९ गतेसम्म मण्डलामा  मञ्चन हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button