मुख्य समाचारसमाचार

मन्त्री थापाद्वारा सरकारी सुविधाको सवारी फिर्ता

Gobal IME Bank

गण्डकी । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी सवारी सुविधा फिर्ता गर्नुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेशसभा सदस्यका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्नुभएको मन्त्री थापाले आज सवारी सुविधा फिर्ता गर्नुभएको हो ।

मन्त्री थापाले गण्डकीको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रुपमा प्रयोग गर्दै आउनुभएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयका सचिव शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री थापाले विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको विवरण सार्वजनिक गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button