मुख्य समाचारसमाचार

नेवाःहरुको प्रेम दिवसः ‘मतिना पारु’ बारे मेयर बालेनको सन्देश

Gobal IME Bank

काठमाडौँ । आज नेवार समुदायमा प्रेम दिवस मनाईएको छ । सोही अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नी श्रीमतीसहितको तस्बिर पोस्ट गरेर प्रेम दिवस मनाउनुभएको छ ।

मेयर बालेनले नेपाल भाषामा ‘मतिना पारु’ भनिने प्रेम दिवसका अवसरमा यसको महत्त्व र विशेषताबारे बताउनु पनि भएको छ । मेयर बालेनले यस पर्वको विशेषता भनेको युवायुवतीहरुबीच प्रेम प्रस्फुटन हुनु हो र मध्ययुगमा युवायुवतीबीच निकटता हुन कठिन हुने हुँदा यस किसिमका पर्वहरुले युवायुवतीबीच आकर्षण पैदा गर्थ्यो पनि भन्नुभएको छ ।

नेवार समुदायले हिजो मात्रै यःमरी पून्हि (योमरी पूर्णिमा) मनाएका थिए । त्यसको भोलिपल्ट अर्थात आजको दिनलाई मतिना पारु भनिन्छ । मतिनाको अर्थ प्रेम र पारुको अर्थ पूर्णिमाको भोलिपल्ट हो ।

मतिना पारुबारे मेयर बालेन यस्तो लेख्नुहुन्छ: 
आज नेवा:हरुको प्रेम दिवस: मतिना पारु।
नेवा: समुदायमा य:मरी पून्ही को आफ्नै विशेषता र महत्व छ। यो पर्वको अर्को विशेषता भनेको युवायुवती हरु बिच प्रेम प्रस्फुटन हुनु पनि हो। मध्ययुग मा युवायुवती बिच निकटता हुन कठिन हुने हुँदा, यस किसिमका पर्वहरुले युवायुवती बीच आकर्षण पैदा गर्थ्यो।
कतै अचानक देखिएकी वा साथी भाइको निकट सम्बन्ध भएकी युवती प्रति एकोहोरो चाहना जन्मिए पछि प्रेमको अङ्कुरण, य:मरी पून्हीको साँझ मनाइने त्य: छिं त्य: फ्वनेगु ज्याझ्य: अर्थात घर घर य:मरी माग्न जाने उत्सवमा हुने गर्दथ्यो । साथी भाइको साथ युवतीको घर जाने र गीत गाएर जिस्काउने गरिन्थ्यो ।
युवतीको मनमा पनि प्रेमिल भावको अङ्कुरण भएमा मन्दिर जाने बहानामा भोलिपल्ट भेट गर्दथे । त्यसैले य:मरी पून्हीको भोलिपल्टको दिनलाई “मतिना पारु” भनिन्थ्यो । मतिनाको अर्थ प्रेम हो भने पारु पूर्णिमाको भोलिपल्टको दिन हो । तसर्थ यस दिनलाई प्रेम दिवसको रुपमा लिइन्थ्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button