समाचार

अमेरिकी सहायक मन्त्री डोनाल्ड लु नेपाल आउँदै -Good News 24

Gobal IME Bank

साउन ११,  काठमाडौं ।  एमसीसी सम्झौताका लागि बिशेष भूमिका रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन । बिहीवार र शुक्रबार दुई दिनका लागि लु नेपाल आउन लागेका हुन ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार र शुक्रबार नेपालमा रहने छन् । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयमा नै दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउन लागेका हुन । लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको स्रोतले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button