मनोरञ्जनमुख्य समाचारसमाचार

मेस्सीले आफ्ना टोलीका खेलाडी र स्टाफहरुलाई ३५ वटा सुनको आईफोन-१४ दिने

Gobal IME Bank

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ३५ वटा सुनको आइफोन उपहार दिने भएका छन् ।

मेस्सीले आफ्नो विश्वकप-२०२२ को विजेता टोलीका खेलाडीहरु र अर्जेन्टिनाका स्टाफहरुका लागि भन्दै ३५ वटा सुनको आईफोन १४ अर्डर गरेका हुन् ।

ती सबै आईफोनहरुमा टोलीका खेलाडीहरु, स्टाफहरुका नाम र अर्जेन्टिना फुटबल संघ (एएफए) खोदिएको हुने पनि बताइएको छ ।

भखरै मात्र मेस्सीले फिफा प्लेयर अफ द इयरको अवार्ड पनि जितेका थिए । मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए । मेस्सीले कतार विश्वकप-२०२२ को उपाधि अर्जेन्टिनालाई आफ्नो कप्तानीमा दिलाएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button