अन्यसमाचारसूचना प्रविधि

नेपाली बजारमा २० हजार मुल्यमा पाईने उत्कृष्ट मोबाईल फोनहरु, यस्ता छन् फिचरहरु

Gobal IME Bank

काठमाडौँ । अहिलको २१ औ शताब्दी भनेको विज्ञान र प्रविधिको युग हो । आजको युगमा आधुनिक उपकरणहरु जस्तै कम्प्युटर, ल्यापटप र मोबाईल सबै मानिसका हात हातमा पाइन्छ । इन्टरनेटको प्रयोगले आज मानिसको दैनिकी निकै नै सजिलो बनेको छ । विभिन्न किसिमका मोबाइलको प्रयोगले मानिसले घरमै बसेर थुप्रै सेवाहरुको उपभोग गर्न पाएका छन् । हामी एउटा मोबाईलको माध्यमबाट विश्वभरि जोडिन सकेका छौँ ।

अहिलेको समयमा मानिसहरु आफ्नो दैनिकीमा निकै व्यस्त हुने गरेकाले हरेक कुरामा सहजताको खोजीमा हुन्छन् । घरमै बसीबसी आफ्ना कामहरु पुरा गर्न सकिने माध्यम आजभोलि मानिसहरुले खोजिरहेका हुन्छन् । आज हामी मोबाइल फोन बिनाको दैनिकी कल्पना समेत गर्न सक्दैनौ ।

त्यसैले मोबाइल हामीलाई चहिने अत्यावश्यक वस्तुको रुपमा लिन सकिन्छ । सस्तो, भरपर्दो र आधुनिक शैलीको मोबाइल फोनको खोजीमा हामी सबै हुने गर्छौ । त्यस्तै यस्ता विभिन्न उत्कृष्ट मोबाइल फोनहरु छन् जुन नेपाली बजारमा २० हजारको हारहारीमा पाइन्छन् । कुन-कुन हुन् त ती मोबाइल फोनहरु ? जानी राखौँ ।

१) इन्फिनिक्स हट टुएल्भ प्ले (Infinix Hot 12 Play)

नेपालमा रु. २० हजार अन्तर्गतका उत्कृष्ट फोनहरूको सूची सुरु गर्दै छ इन्फिनिक्स हट टुएल्भ प्ले ले । इन्फिनिक्सले बजेटमा ठूलो स्मार्टफोन अनुभव प्रदान गर्ने प्रयास गरेको छ। यसमा तपाईको सबै मिडिया खपत आवश्यकताहरूको लागि ठूलो ६.८२ इन्चको डिस्प्ले रहेको छ । यसको ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच सेम्पलिंग रेट भएको स्मूद स्क्रिन पनि छ र त्यसका साथै यसमा अगाडिको क्यामेराको लागि थप आधुनिक देखिने होल पञ्च कटआउट पनि छ। इन्फिनिक्स हट टुएल्भ प्लेमा ६ हजार mAh ब्याट्री लाइफ रहेको छ । यसमा ४/६ GB RAM र १२८ GB इन्टरनल स्टोरेज रहेको छ जुन एक्सपानडेबल छ । क्यामेराको हिसाबले, इन्फिनिक्स हट टुएल्भ प्ले ले १३ MP प्राइमरी र पछाडि २ MP AI सेन्सर ल्याउँछ र होल पञ्च कटआउट भित्र ८ MP को सेल्फी शूटर। यस बजेट फोनमा बायोमेट्रिक विकल्पहरू पछाडि अवस्थित छन् र फिंगरप्रिन्ट सेन्सर समावेश छ । यसको ४/ १२८ GB को भेरियन्टको नेपाली बजारमा मूल्य १७ हजार ७ सय ९९ रहेको छ ।

२) रेड्मी टेन (Redmi 10)

नेपालमा रु.२० हजार अन्तर्गतका उत्कृष्ट फोनहरूको सूचीमा अर्को नम्बरमा छ रेड्मी टेन । यसमा ठूलो ६.७ इन्चको डिस्प्ले रहेको छ त्यसका साथै यसमा ६ हजार mAh ब्याट्री लाइफ रहेको छ । यसमा पछाडि ५० MP को मेन क्यामेरा र २MP depth र ५ MP को सेल्फी सुटर रहेको छ । यसमा ४/६ GB RAM ६४।१२८ GB इन्टरनल स्टोरेज रहेको छ जुन एक्सपानडेबल छ । यसमा फिंगरप्रिन्ट सेन्सर समावेश गरिएको छ । यसको ४/ १२८ GB को भेरियन्टको नेपाली बजारमा मूल्य १८ हजार ९ सय ९९ रहेको छ ।

३) सामसुङ ग्यालेक्सी A04s (Samsung Galaxy A04s)

नेपालमा रु.२० हजार अन्तर्गतका उत्कृष्ट फोनहरूको सूचीमा अर्को नम्बरमा छ सामसुङ ग्यालेक्सी A04s । यसमा पनि ठूलो ६.५ इन्चको PLS LCD screen डिस्प्ले रहेको छ र त्यसका साथै यसमा ५ हजार mAh ब्याट्री लाइफ रहेको छ । यसको रियर क्यामेरा ५०MP primary , २MP macro र २ MP portrait सेन्सर रहेको छ । यस्तै फ्रन्ट क्यामेरा भने ५ MP को रहेको छ । यसमा साईड माउन्टेड फिंगरप्रिन्ट सेन्सर समावेश गरिएको छ । यसको ४/ ६४ को भेरियन्टको नेपाली बजारमा मूल्य १८ हजार ९ सय ९९ रहेको छ।

४) पोको M5 (Poko M5)

अर्को नम्बरमा छ पोको M5 । यसमा ६.५८ इन्चको IPS LCD screen र Gorilla Glass 3 रहेको छ । यसमा ट्रिपल क्यामेरा छ जसमध्ये ५०MP primary, २MP depth र २MP macro  रहेको छ । यसको फ्रन्ट क्यामेरा ५MP को छ । यसमा पनि साईड माउन्टेड फिंगरप्रिन्ट सेन्सर समावेश गरिएको छ । यसमा ५ हजार mAh ब्याट्री लाइफ रहेको छ । यसको ४/ ६४ GB को भेरियन्टको नेपाली बजारमा मूल्य १९ हजार ९ सय ९९ रहेको छ ।

५) सामसुङ ग्यालेक्सी F22 ( Samsung Galaxy F22)

अर्को नम्बरमा रहेको छ सामसुङ ग्यालेक्सी F22। यसमा ६.४ इन्चको AMOLED screen र Gorilla Glass 5 रहेको छ । यसमा Quad क्यामेरा छ जसमध्ये ४८ MP primary, ८ MP ultra-wide , ८ MP depth र २MP macro  रहेको छ । यसको फ्रन्ट क्यामेरा १३ MP को छ । यसमा पनि साईड माउन्टेड फिंगरप्रिन्ट सेन्सर समावेश गरिएको छ । यसमा ६ हजार mAh ब्याट्री लाइफ रहेको छ । यसको ४/ ६४ GB को भेरियन्टको नेपाली बजारमा मूल्य २० हजार ९ सय ९९ रहेको छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button