सफल कथासमाचार

विश्वभर लोकप्रिय र प्रसिद्ध ‘मिस्टर बिन’ को सफलताको यात्रा

Gobal IME Bank

काठमाडौं । उनको अनुहारको अभिव्यक्तिहरु हेरेर मात्र पनि हामीलाई उनी हसाउँन सक्छन् । विगत ३० वर्ष सम्म उनले विश्वलाई प्रायः नबोली नै हसाउन सफल भए । तर धेरै व्यक्तिहरुलाई उनी आफ्नो असली जीवनमा कस्तो छन् भन्ने कुरा थाहा नै छैन ।

रोवन एट्किन्सन लोकप्रिय अभिनेता र लेखक हुन् जो विश्वभर मिस्टर बिनको नामले चिनिन्छन् । उनको जन्म १९५५ जनवरी ६ मा इङ्गल्याडको काउन्टी डरहममा भएको थियो । उनी पिता एरिक एट्किन्सन र आमा एल्ला मे को चौथो छोरा हुन । चार दाजुभाई मध्ये उनी कान्छो छोरा हुन् ।

उनको पिता साधारण किसान थिए र आमा गृहिणी थिइन बाल्यकालमा मिस्टर बिन लजालु किसिमको थिए र प्रायजसो भकभकाउने डिसअडर र साधारण अनुहारको कारण उनको साथीहरु उनको मजाक उडाउने गर्थे । उनले न्युक्यासल युनिर्भसिटिबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हुन् । मिस्टर बिनको IQ आइन्सटाइनको भन्दा धेरै छ भन्ने कुरा निकै कम व्यक्तिलाई थाहा छ ।

उनी थप पढाइको लागि अक्सफोर्ड युनिर्भसिटिको द क्विन्स कलेजमा गएका थिए । आफ्नो युनिर्भसिटिको दिनमा उनको चिनजान भविष्यको पटकथा लेखक रोर्बट कर्टिससँग भएको थियो । रोबर्ट कर्टिससँग मिलेर मिस्टर बिनले अक्सफोर्ड प्लेहाउसको लागि नाटक लेख्न सुरु गरेका थिए । यहि समयमा उनी अभिनय प्रति आर्कषित भएका थिए तर उनको भकभकाउने डिसअडरको कारण उनी बारम्बार रिजेक्ट भइराखे तर यसको कारण उनी हार मानेर भने बसेनन् र धेरै पटक प्रयास गरि नै रहे यसक्रममा उनले अभिनयको क्रममा भकभकाउने बानी हटेको महसुस गरे ।

उनको अरु पात्रको अभिनय गर्ने समयमा बोल्दा भकभकाउने समस्या हुँदैनथ्यो । त्यसपछि उनि कमेडी ग्रुपमा सहभागी भएका थिए तर आफुले राम्रो अभिनय र पर्फमेन्स गर्न सके पनि उनी अनुहारको कारण फेरी पनि रिजेक्ट भई राखे यसले उनि निराश भएतापनि हार भने मानेनन् । अभिनय मन पर्ने कारण उनले प्रयास गर्न छोडेनन र १९७८ मा बिबिसि रेडीयो ३ मा उनले “ The Atkinson People ”  भन्ने कार्यक्रममा रेडीयो कमेडी गर्न थाले र अर्को वर्ष उनले “Canned Laughter” मा One-of -a – kind Pilot पात्र बनि सिटकम गरेका थिए ।

सन् १९७९ मा उनले टेलिभिजन कमेडी स्केच  “ Not The Nine O’ Clock ”  मा काम गरेका थिए । सन् १९८३ मा उनले हिट सिरिज  “ The Black Adder ” मा काम गरेका थियो यो सिरिजको रोबर्ट कर्टिस र उनी आफै हुन् र यो सिरिज दाश्रो बेस्ट सिरिजको रुपमा भोट गरिएको छ भने २० औ बेस्ट सो अफ अल टाइम पनि हो ।

उनको मिस्टर बिनको पात्रको यात्रा सन् १९९५ मा सुरु भएको थियो एटिक्सनले यो पात्र कलेजको समयमा नै बनाएका थिए र यो पात्र बनेर अभिनय गर्ने इच्छा त्यही समय देखि नै थियो । मिस्टर बिनको पाँच वर्षको कार्यकालको समयमा एटिक्सन यस पात्रको कारण नेश्नल सेलिब्रेटि बनेका थिए । मिस्टर बिन हाम्रो बाल्यकालको मनपर्ने पात्र हो ।

मिस्टर बिन दोब्बर हिट भयो र रोवन विश्वको प्रसिद्घ हास्यकार बने । विगतमा जुन कमि कमजोरीको कारण उनि रिजेक्ट भएका थिए त्यही गुणको कारणले गर्दा उनि विश्वभर लोकप्रिय र प्रसिद्ध बने । हामीले रोवन एट्किन्सन उर्फ र्मिर्स्टर बिनलाई यसरी चिन्नु जरुरी छ कि उनि मात्र मिस्टर बिन जस्तो पात्रको सृजना गर्ने इन्टेलिजेन्ट व्यत्ति होइनन् ।

उनि त्यो व्यत्ति हुन जसले हामीलाई देखाएका छन् कि हामी हाम्रो परिस्थिति भन्दा शक्तिशाली हुन्छौ । हाम्रो जिवनमा मानिसहरुले हामीलाई विभिन्न कारणले निराश र रिजेक्ट गर्छन् तर हामी आफ्नो कमजोरीको कारण निराश भएर बस्ने कि परिस्थितिलाई परिवर्तन गरेर हाम्रो कमजोरीलाई फाइदामा बदल्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button