अन्तर्बार्तागुड न्यूज 24

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी – Good News 24

Gobal IME Bank

सुमित नेपाली । १९ भदौ, ललितपुर । शुरु देखि नै कपाल काट्ने पेशामा रुचि राख्ने २७ बर्षिया पहाडी यूवा प्रेम बिश्वकर्मा गाउँघरमा साथीभाइहरुको कपाल काटेर आफ्नो रुचि पुरा गर्थे। जसबाट साथीभाइहरु पनि खुशि हुने देखेपछि यस रुचिलाइ पेशामा कसरी अगाँल्ने भनेर सोच्नथाले। सिक्नका लागि काठमाण्डौ आउनै पर्ने र लगानीका लागि धेरै पैसा जुटाउन सम्भब थिएन उनको लागि तरै पनि आफ्नो सपनाका लागि उनी रातदिन सोच्न लागे। अन्ततः उनले इन्टरनेटको माध्यमबाट यूट्युबलाई उपयोगि बनाएर कपाल काट्ने तालिम लिन लागे। आजकालका युवाहरु इन्टरनेटलाई जथाभावी प्रयोग गरिरहेका बेला उनले शिप सिकेर उपयोगि बनाएका छन्। यूट्युबबाट कसरी कपाल काट्ने ,के के कुरामा ध्यान दिने र कुन कुन औजारका प्रयोग कसरी गर्ने भनेर सिक्दै गए।। युट्युबको सिकाइले उनलाई अझै हौसला दियो। जसबाट उनले पसल खोल्ने निर्णय गरे।

सहायताका लागि आफन्तहरुकोमा गुहार गर्न गए तर कसैले कुनै सहायता दिएनन् । उल्टै यस्तो सानो काम के गर्छस् , मानिसहरु बिदेश गएर कमाईराछन् भनेर निरुत्साहित बनाइदिएको कुरा उनी भाबुक हुदैँ बताउछन्। यसबाट उनी निकै दुखि बनेको तर हिम्मत नहारेको पनि बताउँछन्।

उनले सानो लगानीबाटै पसल खोल्ने र अब आफ्नै देशमा केहि गर्छु भन्ने प्रतिबद्धताकासाथ सिकेका कुरालाई ब्यबहारमा उतार्ने निणर्य लिए। पसल खोल्ने सपना सरल थिएन। निकै लामो सघर्षको कथा पछि यो सपनाको खुड्किलोको शुरुवात गर्ने मौका थियो। त्यसैले उनले आफ्नो पसलको नाम ‘सफल्ता हेयर कटीङ’ राखेका छन्। अब आउने चुनौतीहरुको पनि सामना गर्न उनी तयार छन्।

प्रेम बिश्वकर्मा अगाडी बताउँछन्,गमगढीबाट कपाल काट्ने औजारहरु किन्नका लागि जानुपर्ने ठाउँ पुग्न निकै दिन लाग्थ्यो। तरै पनि मैले आफ्नो कामकोलागि चाहिने औजार र सामानहरु किनेर सबै कुराको ब्यबस्था मिलाएँ। बाटोमा आफु भोकै रहेको र निकै दिनको यात्रा गरेको छु, उनी भन्छन्। शुरुमा सबैजना जिस्काउँथे, यो देशीले गर्ने काम किन गरेको भन्थे तर अहिले मेरो मेहेनत र लगन देखेर सबैले राम्रो काम गरिस् भन्छन्।

पसल खोले पछि पनि समय सजिलो थिएन। शुरु शुरुमा एउटै ग्राहकको कपाल काट्न पनि १ देखि २ घण्टासम्म लागेको र हात बसाउन निकै गाह्रो भएको उनी बताउँछन् तर बिस्तारै हात बस्दै गएको छ। पसलमा धेरै ग्राहकहरु आउने गर्छन। उनीहरु बेलामौकामा राम्रो काम गरिस् भनेर टिप्स पनि दिन्छन्। मलाइ अहिले एकछिन पनि फुर्सद छैन। यसैबाट मनग्य आम्दानी हुन्छ र परिवार पनि हेरिरहेको छु। अझै पनि धेरै गर्नुछ। पसलमा चाहिने सुबिधाहरुको ब्यबस्था मिलाउनुछ र यो भन्दा ठूलो पसल खोल्ने सपना छ , उनी बताउँछन्।

अल्लारे हुदाँ रक्सी खाने , तास खेल्ने कुलतमा लागेको तर अहिले उनले जीवनलाई राम्ररी बुझेका छन् र परिवारको महत्व के हो भनेर जानेका छन्। त्यसैले उनी बिदेश जान चाहाँदैनन्। बिदेश जान मलाई मन नै छैन। काम गरेर खानेको लागि यँहि पनि काम प्रशस्त छन्। कुनै पनि काम ठुलो अनि सानो हुँदैन उनी बताउँछन्। हुन त बिदेश गएर मानिसहरुले नकमाएका पनि होइनन् तर उनीहरुसगँ परिवार छैन।

उनले भनेका छन् ,कमाउनको लागि बिदेश नै जानुपर्छ भन्ने सोचलाई बदल्न चाहान्छु। कामलाई अबहेलना नगरौं र कुनै पनि काम ठूलो अनि सानो हुदैँन। आफ्नो सोचलाई सकारात्मक राखौं अनि गरेर देखाऔ भन्ने सुझाब सबैलाई दिन चाहन्छन् ।

उनले इच्छा र जागँर भए कर्म गर्ने हात र सोचहरुलाई कुनै बाधाहरुले रोक्न सक्दैन भन्ने कुरालाइ पुष्टि गरेका छन्।

यो पनि पढ्नुहोस् ….

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button