मुख्य समाचारसमाचार

घर बिहिन मुसहर परिवारले घर पाए, १२ कक्षा सम्म निशुल्क शिक्षा – Good News24

Gobal IME Bank

प्रमाणपत्र र साँचो प्राप्त गरेपछि सामुहिक तस्बिरमा मुसहर परिवारको मुख्य व्यक्तिहरू

२० जेठ, सर्लाही- नव ज्योति नेपालले आवास विहीन मुसहर समुदायका लागि हरिपुर २ मा निर्माण गरेको १८ परिवारकोलागि निर्मित घर शुक्रबार हस्तान्तरण गरेको छ । हरिपुर नगरपालिकाकाे मेयर गाेपाल पंजियारले घरको साँचो हस्तान्तरण गर्दै नव ज्योति नेपालले गरेको कामकाे प्रसंसा गर्दाै उक्त्र परिवारको बालबालिकाहरूलाई व्यक्तिगत रूपमा १२ कक्षा सम्म निशुल्क अध्ययन गराउने अभिव्यक्ति दिनु भएको छ ।

घर बिहिन तथा गरिबी अशिक्षाको चपेटमा परेका मुसहर जातिहरुको मुख्य पेशा  मजदुरी हो । गरिबी, अशिक्षाको समस्या समाधान गर्न र उनिहरूको जीवन स्तरमा केहि परिवर्तन गर्न बस्ति निमार्ण गरेको संस्थाकाे अध्यक्ष टिकाप्रसाद मैनालीले बताउनु भयो । आफुले देखेको सपना, विपनामा पुरा भएको का. निर्देशक सुनिरा देवकोटाले मन्यव्यमा खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा हरिपुर नगरपालिकाका उपमेयर नीलमदेवी यादव, निवर्तमान २ नम्बर वडा अध्यक्ष रिखेशर कडरिया , ग्रामीण नारी उत्थान संघको सचिव सूर्य प्रसाद चालिसे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटा लगाएत उक्त वडाका वडा अध्यक्ष निलविक्रम थापाले शुभकामना व्यक्त गर्नुभएको थियो । १० कठ्ठा क्षेत्रफलमा निर्मित उक्त बस्तिमा मुसहर परिवारकोलागि सामुदायिक भवनमा साप्ताहिक रूपमा नैतिक शिक्षा, स्वास्थ्य तथा व्यवसायिक तामिल प्रदान गरिने संयोजक ज्ञानेन्द्र चाैधरीले जानकारी गराउनु भयो ।

हरिपुर नगरपालिकाकाे मेयर गाेपाल पंजियार
नव ज्योति नेपालको अध्यक्ष टिकाप्रसाद मैनाली
नव ज्योति नेपालकी का. निर्देशक सुनिरा देवकोटा

कार्यक्रम संचालक गर्दै संस्थाका निर्देशक भुवन देवकोटा

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button