शिक्षा स्वास्थसमाचार

के हो नैरोबी फ्लाई, बच्ने उपायहरु ? Good News 24

Gobal IME Bank

नाइरोबी फ्लाई एक प्रकारको किरा हो । यो किरा अफ्रिकामा पाइने भए पनि हाल भारत र नेपालका तराई भुभाग लगायत पहाड तिर देखिनथालेको छ । यो अम्लिय पदार्थ भएको बिषालु खालको किरा हो । यस किराले टोक्ने भन्दा पनि आफ्नो प्रतिरक्षामा उस्मा भएको अम्लिय पदार्थ छोड्दछ । जसले गर्दा छालामा जनै खटिरा जस्तो आउँदछ । यो चिलाउने,पोल्ने,फोका उठने र एसिड लागेको जस्तो देखिने हुन्छ ।
सिक्किमको माझिटारस्थित मणिपाल इस्टिटयुट अफ टेक्नोलोजीमा १०० भन्दा बढी विद्यार्थी यो नाइरोबी फलाईको कारण विरामी परेका छन । नेपालमा केहि दिनदेखि मेचिनगर क्षेत्रमा यो किराको टोकाईको समस्या देखा परेको हो । राती बत्ती बलेको अवस्थामा घरभित्र प्रवेश गर्न सक्ने । यो किराले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ आउछ । साथै यसको कारण धेरै विरामी भएका छन यसबाट आफु र आफनो परिवार सचेत रहनु होला । कुनै समस्या देखिएमा तुरुन्त अस्पताल जानुहोस्।

यो किराबाट बच्न अपनाउनुपर्ने उपायहरु …

-साझ झ्याल ढोका लगाएर बस्ने गर्नुहोस ।

-बत्ती बलिरहेको बेला बाहिर धेरै नबस्नुहोस ।

– झुल टाँगेर सुत्ने, शरीरलाई पुरै ढाक्ने कपडा लगाउने गर्नुहोस ।

-किरा जिउमा वा छालामा परे मात्र समस्या हुने हो । त्यसैले किरा देख्यो भने त्यसलाई नचलाउनुहोस ।

-किरा छालामा परेमा, नआत्तिनुहोस, त्यसलाई हातले नछुनुहोस ।

-हामी छालामा केही केही किरा पर्ने बितिक्कै मार्न खोज्छौ । त्यसो नगर्नुहोस ।

-त्यसलाई फुकेर वा अन्य केही उपायले त्यसलाई असर नपर्ने गरेर हटाउनुहोस ।

-आफ्नो प्रतिरक्षामा मात्र त्यसले बिष जस्तो अम्लिय पदार्थ छोड्ने भएकोले त्यसलाई असर पर्ने केही पनि नगर्नुहोस ।

-यदि  यसबाट समस्या भएमा नजिक स्वास्थ्य चौकी गएर त्यसको उपचार गर्नुहोस ।

– यदि सामान्य भए एन्टी एलर्जी औषधि अथवा लोसनहरु लगाउनुहोस ।

-बिशेष ध्यान दिनु पर्ने कुरा भनेको, हामी आँफै सतर्क हुनुपर्छ । त्यसका निम्ती आजै बाट यो किराको बारेमा जानी रखौ र अरुलाई पनि सिकाऔँ ।

-प्रेमिका भुजेल / पविना शिवाकोटी

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button