मनोरञ्जनसमाचार

चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक, नेपाली दर्शकहरुको रोजाईमा पर्ला ? – Good News 24

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र, नेपाली सिनेमा हलहरुमा भने तिहारलाई लक्षित गर्दै कार्तिक ४ गते प्रदर्शनमा आउने भएको छ ।

चलचित्र विशेष त नेपाली विरताको गाथामा आधारित रहेको छ भने, रिमेश अधिकारीको निर्देशनमा चलचित्र निर्माण भएकाृे छ । चलचित्रको निर्माता मनोज शाक्य हुन भने यता चलचित्रमा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल र पुजना प्रधानको दम्दार अभिनय दर्शकहरुले हेर्न पाउनुहुनेछ ।

ट्रेलरलाई हेर्द गर्दा चलचित्रको वास्तविक कथाबस्तु के हो भन्ने कुराको अनुमान दर्शकहरुले सजिलै लगाउन सक्नुहुन्छ । चलचित्रमा निकै नै राम्रो तरिकाले भिएफ् एक्सको पनि प्रयोग गरिएको छ जुन चलचित्र हेर्दै गर्दा दर्शकहरुले भरपुर आनन्द लिन सजिलै सक्नेछन् । त्यसो त नेपाली सिने जगतमा देशको विरताको गाथा बारेमा यसअघि पनि केहि चलचित्रहरु निर्माण भईसकेका छन् ।

चलचित्र नालापानी नेपाली दर्शकहरुको मन मुटुमा बस्न सक्ने अनुमान भने गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button