मनोरञ्जनमुख्य समाचारसमाचार

‘नांगो गाउँ’ मा दया र मिरुना फाइनल, अब साम्राज्ञी र कर्म पनि देखिने

Gobal IME Bank

काठमाडौं । चलचित्र ‘नांगो गाउँ’ मा पहिलो पटक एकसाथ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्म शाक्य देखिने भएका छन् । साम्राज्ञी र कर्मले निर्माणपक्षसंग गत सोमबार कागजी सम्झौता गरेका छन् ।

चलचित्रको कथावस्तु र टिम मन परेको बताउँदै आफुहरु यसमा आबद्ध भएको उनीहरुले बताएका छन् । चलचित्रमा दयाहाङ राई र मिरुना मगर पक्का भइसकेका थिए भने साम्राज्ञी र कर्म भने केहि समयपछि मात्रै आबद्ध भएका हुन् ।

आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्दि तामाङ, पुष्कर गुरुङलगायतको पनि अभिनय रहनेछ । चलचित्रको छायांकन यही फागुनको अन्तिम साताबाट सुरु हुने बताईएको छ ।

चलचित्र मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । निर्देशक दीपेन्द्र लामाले ‘छ माया छपक्कै’ जस्तो सफल फिल्म नेपाली दर्शकहरुलाई दिइसक्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button