समाचार

नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ – Good News 24

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित समिति सभापतिहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो । चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीवार नै बसेको सम्बन्धित समितिको बैठकले उहाँहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिनुभएको छ । शपथग्रहण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईराला पनि सहभागी हुनुहुन्थ्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button