समाचार

१६ औं नेशनल एजुकेशन अवार्ड वितरण गरिँदै – Good News 24

Gobal IME Bank

ललितपुर । शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा आज १६ औं नेशनल एजुकेशन अवार्ड वितरण गरिने भएको छ ।
एसईई परिक्षामा सर्वोत्कृष्ठ अङ्क प्राप्त गर्न सफल विद्यार्थीका साथै शिक्षा क्षेत्रमा योेगदान गर्ने व्यक्तिलाई सो पुरस्कार वितरण गर्न लागिएको हो ।

काठमाडौं उपत्यका भित्रबाट एसईई परिक्षामा ४ जिपिएको नतिजा हासिल गर्न सफल एक छात्राका साथै शिक्षा क्षेत्रमा योग्दानका साथै कलम चलाउने २१ व्यक्तित्वलाई सम्मान गर्न लागिएको पत्रिकाका अध्यक्ष श्याम तण्डुकारले बताए । उनले भने, “हामीले शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई यस किसिमको सम्मान गर्दा अझै काममा हौसला बढ्ने विश्वास लिएका छौं ।”

आजको सो अवार्ड भने चितवनको ग्रामीण चेपाड बस्तीमा वार्षिक रुपमा ५ सय चेपाड समुदायका बालबालिकाहरुलाई शिक्षाका लागि सहयोग गर्दै आएको संस्था फेथ फाउण्डेशन नेपालका अध्यक्ष राजन भित्राकोटी, गत वर्षको एसईई परिक्षामा उच्च अङ्क सहित जिपिए ४ ल्याउन सफल त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयका छात्रा सुजाता ठाकुरलाई सम्मान सहित नगद रु २५ हजार, बेस्ट प्रिन्सिपल अवार्ड भने पाँचखपन नगरपालिका वडा नं. ६ संखुवासभामा अवस्थित वाना माध्यमिक विद्यालयलाई प्रदान गर्ने भएको तण्डुकारले बताउनुभयो ।
यसैगरी माध्यमिक तहमा प्रथम श्रेणीका प्रधानाध्यापक रुपमा कार्यरत गोविन्द बहादुर श्रेष्ठ तथा शिक्षा क्षेत्रमा २ दशक विताउनुभएकी कागेश्वरी मनोहरा ९ अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले पाउनु हुने भएको छ । त्यसैगरी राइजिङ अवार्ड भने विद्यालय शिक्षामा फरक पहिचान बनाउन सफल भएको ललितपुरको रिजेन्ट रेसिडेन्सियल विद्यालय, काठमाडांैको एपेक्स लाइफ स्कुलका प्रमुख तथा हाल एनप्याब्सनका सह अध्यक्ष सुवास न्यौपाने, क्रेटिभ अवाड भने नैकापको ब्राइट फ्यूचर सेकेण्डरी स्कुलले करिकुरल एक्टिभिटिजमा आफुलाई अब्बल तथा आईटी र व्यवस्थानपनका ब्याचुलर मास्टर्सका कक्षाहरु संचालन गर्नाका साथै सो कलेजले विद्यार्थीहरुका लागि स्किल डिभलपमेन्ट कोर्स हुँदै जब प्लेसमेन्टको व्यवस्था गरिदिएकोले सोह्रखुट्टेको प्राइम कलेजले पाउने भएको छ ।

त्यसैगरी एजुकेश्नल जर्नालिस्ट अवार्ड भने शक्षा पत्रकार समाजको उपाध्यक्ष तथा नेपाल टेलिभिजनमा कार्यारत वरिष्ठ समाचार सम्पादक देवी प्रसाद सापकोटाका साथै शिक्षा क्षेत्रमा सक्रिय रुपमा कार्यरत शिक्षा पत्रकार द राइजिङ नेपालमा कार्यारत तथा शिक्षा पत्रकार सञ्जालको कार्यसमिति सदस्यको रुपमा स्थापित मञ्जिमा ढकाल, कलेज एक्सिलेन्स अवार्ड भने विगत लामो समयदेखि उत्कृष्ट रिजल्ट दिन सफल अभिभावक र विद्यार्थीहरु सबैले रुचाएको र रोजाइ, मध्यम शुल्कमा उत्कृष्ट शैक्षिक नतिजा दिन सफल भक्तपुरको समृद्धि कलेज, गुडविल एचिभमेन्ट अवार्ड ब्यवस्थापन तथा आइटी विषयको आकर्षणको केन्द्र बन्न सफल पकनाजोलमा अवस्थित एनसिसिएस कलेज, डेडिकेसन अवाड करिब ३ दशक शिक्षा क्षेत्रमा विताउनुभएका व्हाइटहाउस एजुकेशन फाउण्डेशनका युवराज शर्मा तथा २०५९ सालदेखी २०६९ सालसम्म विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभएका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणी पौडेलले पाउनुहुने भएको छ ।

सोका अलवा स्कुल एक्सिलेन्स अवाड संख्यात्मक भन्दा गुणात्मक शिक्षाको अवधारणामा सञ्चालन भइरहेको स्वस्थि श्री गुरुकुल आइबि स्कुल, स्कुल अफ दि इएर २०१८ सालमा स्थापित नेपालको सबैभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने सामुदायिक तर्फको बुटवलमा अवस्थित कालिका मानवज्ञान मावि एवं संस्थागततर्फ देशभरबाट जम्मा ४२ जना ४ जिपिए आएका विद्यालयमध्ये यस बर्ष जेम्सबाट नै २ जना विद्यार्थीले ४ जिपिए ग्रेड ल्याएको धापाखेलको जेम्स स्कुल, एजुकेशन भिजन अवाड २० भन्दा बढी बाह्य अनुसन्धानमा ध्यान विद्यालय र विश्वविद्यालयको लागि स्रोत उत्पादनमा योगदान गरिरहेको काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ एजुकेशनका प्रा. डा. बालचन्द्र लुइलेट, कन्ट्रिव्युसन अवार्ड धनुषामा विगत २३ बर्षदेखी तराई केन्द्रित गरी शिक्षा र पोषणको लागि कार्यरत पुरानो र सक्रिय संस्थो आशमान नेपालका कार्यकारी निर्देशक नवल किशोर यादव र एजुकेश्नल कन्ट्रिबुसन अवार्ड स्थानीयत सरकार तर्फ शिक्षा क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने एवं ३ वटा नमूना विद्यालय, प्राविधिक विद्यालयसमेत रहेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पाउनुहुने भएको तण्डुकारको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button