Friday , 24 September 2021

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण सम्पन्न

sapath grahan५ मंसिर , काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेपछि आज नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ ।नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति भवन शीतलनिवासमा ,राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । बुधबार नयाँ नियुक्ति पाएका ९ जना मन्त्री तथा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण आज भएको हो । बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुले शपथग्रहण गरेको जनाइएको छ ।  पुनर्गठित २५ सदस्यीय मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ मन्त्रि बन्नु भएको छ त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नियुक्त हुनुभएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्री र कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइ मन्त्रालय हेरफेर हेरफेर गरिएको हो । पुनर्गठित २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको कार्यविभाजन यसप्रकार छ ।

१ केपी शर्मा ओली प्रधानमन्त्री
२ ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
३ उपेन्द्र यादव उपप्रधानमन्त्री कानून, न्याय तथा संसदीय मामिला
४ रामबहादुर थापा मन्त्री गृह
५ प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
६ हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
७ गिरीराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
८ वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
९ घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
१० भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
११ लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१२ योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
१४ रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ युवराज खतिवडा मन्त्री अर्थ
१६ मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
१७ जगतबहादुर सुनार मन्त्री युवा तथा खेलकुद
१८ गोकुलप्रसाद बाँस्कोटा मन्त्री सञ्चार तथा सूचना प्रविधि
१९ पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० बीना मगर मन्त्री खानेपानी
२१ वसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२२ पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२३ मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४ नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२५रामवीर मानन्धर राज्यमन्त्री सहरी विकास

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle