मनोरञ्जन

फुटबलमा नेपालले जित्यो स्वर्ण

Gobal IME Bank

२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।
नेपालका लागि खेलको खेलको १६ औं मिनेटमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि दवावमा देखिएको भुटान ३६ औं मिनेट भने खेलमा फर्कियो । भुटानका लागि छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका हुन् । उनको गोलसँगै पहिलो हाफमा बराबरी भएपनि दोस्रो हाफको आठौँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि दुबै तर्फबाट गोल हुन नसकेपछि नेपाल विजयी भयो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button