मनोरञ्जन

नेपाल आइडल ३ सुरु हुदै

Gobal IME Bank

२६ मंसिर, काठमाडाैं । बहु चर्चित र नेपालकै ठुलो गायन रियालिटी सो नेपाल आइडलको सिजन ३ अब छिटै प्रशारण सुरु हुने भएको छ । AP1 टेलिभिजनबाट हरेक बिहिबार र शुक्रवार राति ८:३० बजे उक्त शो को प्रशारण गरिदै छ । पौष ३ गतेबाट पहिलो एपिसोड प्रशारण गरिने भएको छ । नेपाल आइडल सिजन ३ मा जजको रुपमा पुरानै जजहरु इन्दिरा जोशी , काली प्रसाद बास्कोटा र न्ह्यु बज्राचार्य नै देखा पर्नेछन ।‘नेपाल आइडल ३’ को अडिसन असार २५ गतेबाट सुरु भएको थियो ।

हजारौं गायन कला भएकाहरुको भिड लाग्ने नेपाल आइडलको अडिसन देशभर नै भइसकेको छ । १६ देखि ३० उमेर समुहका गायन प्रेमीहरुले यस रियालिटी शो मा भाग लिन पाउनेछन । यस भन्दा अगाडि नेपाल आइडल सिजन १ बुद्ध लामा ले जितेका थिए भने नेपाल आइडल सिजन २ मा कन्चनपुरका रबि ओड ले जितेका थिए । नेपाल आइडल सिजन ३ को बिजेता को बन्नेछ नेपाल आइडलका फ्यानहरुलाई कौतुहलता को बिषय बनेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button