समाचार

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

Gobal IME Bank

इनरुवा, २७ असार । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उहाँले पाँच/छ लाख युवा नागरिकता नपाएका कारणले समस्याको समाना गरिरहेको बताउनुभयो । नागरिकता नभएका कारणले युवाले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट वञ्चित भएको बताउनुहुँदै उहाँले वर्तमान सरकारले यी सबै समस्या सहमतिको आधारमा छिट्टै समाधान गर्ने विश्वास दिलाउनुभयो ।
नागरिकताका कारण उत्पन्न समस्या समाधान गर्नका लागि वर्तमान सरकारले नयाँ नागरिकता विधेयक सङ्घीय संसद्मा दर्ता गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । नागरिकतासम्बन्धी संसदमा दर्ता भएको नयाँ विधेयक चाडै नै पारित हुने उहाँले बताउनुभयो । नागरिकतासम्बन्धी नयाँ विधेयक संसदमा रहेका प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित सबै राजनीतिक दलको सहमति गरेर पारित हुने उहाँले बताउनुभयो ।
नागरिकता विधेयक संसदबाट पारित भएसँगै अधिकांश व्यक्तिले नागरिकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला र कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सहभागिता रहेको थियो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button