Grace Computer Jawalakhel
समाचार

पोखरामा नेपाली टोपी लगाएर टोपी दिवस

पोखरामा राष्ट्रिय ढाका टोपी दिवसको अवसरमा बुधबार पोखरामा ‘राष्ट्रिय पोशाकको संरक्षण गरौँ’ भन्ने सन्देशसहित विश्व हिन्दु महासङ्घ कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागी

काठमाडौं ।  आज देशभरका नेपालीहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन् । विगत ६ वर्षदेखि अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ । सोहीअनुसार बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो । संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button