समाचार

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, एमालेको स्वागत, कांग्रेस-माओवादी मौन -Good News 24

Gobal IME Bank

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको थियो । प्रतिनिधिसभा र राष्ट्रिय सभा पारित उक्त विधेयक १४ औं दिनमा राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् । नागरिकता विधेयक फिर्ता भए लगतै राष्ट्रपतिको कदमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । जनताको भावना अनुसार विधेयक फिर्ता भएको र सो स्वागतयोग्य रहेको नेकपा एमालेले जनाएको छ । यता सत्ता पक्ष कांग्रेसले भने राष्ट्रपतिको कदम प्रति अहिले सम्म मौन छ । संगै माओवादी नेताहरुले भने नागरिक विधेयक फिर्ता हुनु असंबैधानिक नभएको बताएका छन ।

 

हेर्नुस् विज्ञप्ति

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button