समाचार

श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल -Good News 24

Gobal IME Bank

३ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैछ । कृष्ण जन्माष्टमीको आफ्नै महत्व छ । संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
कृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । कृष्ण जन्माष्टमीमा व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने गर्छन् ।
आज ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल बढिरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button