समाचार

सिन्धुपाल्चोकका पहिरो पीडितलाई खाद्यान्न सहायता – GoodNews 24

Gobal IME Bank

सिन्धुपाल्चोक- युवा अभियान्ता अमर विष्ट र अधिवक्ता बुद्ध घिसिङको एक टोलीले सिन्धुपाल्चोक पहिरो पीडित बस्तीलाई खाद्यान्न र मेडिकल सामग्री सहयोग गरेको छ ।

भदौ २८ गते राती बाह्रबिसे नगरपालिका वडा नम्बर ७ गुम्थांगमा गएको पहिरोमा परी विस्तापित भएका ८० घरधुरीलाई खाद्यान्न र मेडिकल सामग्री वितरण गरेका हुन् ।

उनीहरुले प्रभावित क्षेत्र मै गएर मंगलबार राहत वितरण गरेका थिए । विष्टले उनीहरुलाई चामल १ सय १० बोरा, दाल १ सय २० केजी, तेल १ सय २० लिटर, नुन ६० केजी वितरण गरिएको बताए ।

उनका अनुसार मेडिकल सामग्री तर्फ सय पीस व्यान्डेज, १५ पीस बेटाटिन, १० वटा डिटोल, जीवनजल १ सय २२ पाकेट, १ पाकेट सिटामोल र व्रोफिन सहयोग गरिएको छ ।

युवा अभियान्ता र विष्ट, अधिवक्ता घिसिङ सहित रमेश लामा र ज्योती लामाले समेत सहयोग गरेका थिए । विष्ट र घिसिङले यस अघि बाँकेका कोरोना पीडितलाई समेत सहयोग गरेका थिए ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button