समाचार

अमेरिकामा मानव तस्करी उन्मूलन क्षेत्रमा क्रियाशील नेपाली युवा – GoodNews24

Gobal IME Bank

सपनाको देश भनेर चिनिने अमेरिकामा पनि मानव बेचबिखन र तस्करी हुन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्ला। डिपार्टमेन्ट अफ स्टेटका अनुसार अमेरिकामा मात्रै बर्षेनी १४,५०० र १७,५०० बीचको हाराहारीमा मानिसहरू यौन पेशा र अन्य श्रमका लागि तस्करी गरिन्छ।

मानव तस्करीविरुद्ध नेपाली युवा निकेश थपलिया सन २०१८ देखि अमेरिकाको शिकागो क्षेत्रमा कार्यरत छन। उनले विश्वका ठूला र प्रतिष्ठित अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थामध्ये एक “द साल्भेशन आर्मी” को मानव तस्करी विरुद्धको परियोजना “स्टोप इट” मा “प्रोजेक्ट एडभाइजर” का रूपमा कार्यरत छन। यस कार्यक्रमले श्रम शोषण र यौन पेशाका शिकार भएका व्यक्तिहरूको पहिचान र उद्धार कसरी गर्ने भन्नेबारे बिभिन्न संघ-संस्था र व्यक्तित्वहरूलाई प्रशिक्षण दिने तथा मानव तस्करीबाट उद्धार गरिएका व्यक्तिहरूका आधारभूत आवश्यकता पूरा गर्ने लगायतका कामहरू गर्दछ।

निकेश थपलिया आफ्नो जिल्ला “कुक काउन्टी” को “एन्टी ह्यूमन ट्राफ़िकिंग टास्कफोर्स” (मानव तस्करी विरुद्धको कार्यदल) को पनि एक सदस्य हुन। यो स्थानीय तहको सरकारी परियोजना हो, जसमा त्यहाँका अध्यागमन बिभाग (इमिग्रेशन), प्रहरी, न्याय र श्रम बिभागका अधिकारीहरूसँग मिलेर नयाँ र सक्रिय मुद्दाको विषयमा छलफल गर्ने र त्यस क्षेत्रमा मानव तस्करीका घटनाहरूको संख्या नियन्त्रण गर्ने योजनाहरू बनाउने लगायतका कार्यहरू हुन्छन्।

“केही बर्षअघि शिकागो अन्तर्राष्ट्रिय बिमानस्थलमा इमिग्रेशन वकीलहरूको समूहसँग अधिवक्ताको रूपमा स्वयंसेवक भएर काम गरेदेखि मानव बेचबिखन र तस्करी जस्तो गम्भीर मुद्दामा मेरो ध्यानाकर्षण भएको थियो र त्यसपश्चात यस क्षेत्रमा केही गर्ने इच्छा लाग्यो,” निकेश थपलियाले बताए। समय व्यवस्थापनलाई आफ्नो बलियो पक्ष मान्ने निकेश अमेरिकाको सीमानाबाट गैरकानूनी रूपमा नेपाल लगायत बिभिन्न देशबाट भित्रने नाबालिक र किशोरावस्थाका प्रवासीहरूको कल्याणको लागि स्थापित गरिएको प्रोजेक्टमा पनि कार्यरत छन।

बहुमुखी प्रतिभाका धनी निकेशले २०११ मा विश्व र अमेरिकाको भौगोलिक ज्ञानसम्बन्धी विश्व रेकार्ड बनाएका थिए। २७ बर्षीय उनले भविष्यमा मानव तस्करी जस्तो कुकार्य संसारबाट निर्मूल भएमा आफ्नो सपना पूरा हुने बताए, “गरिबी र अशिक्षा नै यस लक्ष्यका प्रमुख बाधा हुन ।” उनका यसप्रकारका संलग्नता र योगदानले साँच्चै नै विश्व मानचित्रमा नेपाल र नेपालीको थप उपलब्धिको रेखा कोरिएको छ।

 

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”6152″]

[irp posts=”6192″]

[irp posts=”6588″] [irp posts=”7706″]

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button