समाचार

एनएमबी बैंकको नयाँ व्याजदर घोषणा-Goodnews24

Gobal IME Bank

असोज ३०, काठमाडौं – एनएमबी बैंकले निक्षेप तथा कर्जाको नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरि नयाँ व्याजदर निर्धारण गरेको हो । बिशेषगरि बैंकले घर तथा सवारी कर्जा लगायतका व्यक्तिगत आवधिक कर्जामा स्थिर व्याजदर लागू गर्ने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले असोज मसान्त सम्म स्थिर व्याजदर सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको हो।
बैंकले बचतमा २.२५ प्रतिशत देखि ८.२५ प्रतिशत सम्म व्याज दिने बताएको छ । यस्तै, फिक्स डिपोजीटमा ४.० देखि ९.२५ प्रतिशत सम्म व्याजदर निर्धारण गरिएको छ । यस्तै, कर्जा तर्फ बेस्ट रेटमा न्यूनतम २ प्रतिशत देखि अधिक्तम ५ प्रतिशत प्रिमियम जोडर व्याजदर निर्धारण गरिने बैंकको भनाइ छ । यस्तै, रिटय बैंकिङ तर्फ घर कर्जामा ९.४९ प्रतिशत देखि १२.२४ प्रतिशत सम्म व्याज निर्धारण गरिएको छ । यस्तै, ल्यान्ड पर्चेचमा ९.४९ देखि १२.२४, पोपर्टी लोनमा ९.९९ प्रतिशतदेखि १२.७४, एजुकेशन लोनमा ९.७४ प्रतिशत देखि १२.७४, व्यक्तिगत कर्जामा १ं०.४९ प्रतिशत देखी १२.४९, व्यवसायीक कर्जामा ११.२४ प्रतिशत देखि १३.२४ र तलवी कर्जामा ९.९९ प्रतिशत देखि १३.९९ सम्म व्याजदर निर्धारण गरिएको छ । कर्जाको अवधी र प्रकृति अनुसार व्याजदर फरक फरक हुने बताइएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button