अन्यसमाचार

हात नमिलाउन र अङ्कमाल नगर्न आग्रह -GoodNews24

Gobal IME Bank

बनेपा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमित्त प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले कोरोना भाइरसबाट बच्न कोहीसँंग पनि अङ्कमाल तथा हात नमिलाउन र नमस्कार मात्रै गरेर शिष्टाचार अभिवादन गर्न आग्रह गर्नुभएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा सञ्चालन गरेको कोभिड–१९ बारे आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको जनचेतनामूलक सन्देश कार्यक्रममा उहाँले रोगको भाइरस मान्छेको हातबाट सर्ने धेरै सम्भावना भएकाले भिडभाडमा नबस्न तथा कुनै पनि बस्नु छोइसकेपछि हात धोएर सफा राख्न आग्रह गर्नुभएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक दाहालले भन्नुभयो, “अत्यधिक ज्वरो आएको ब्यक्ति, स्वास्थ्य समस्या भएको व्यक्ति, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिको नजिक गएर सम्पर्कमा कुरा नगर्नसमेत आग्रह गर्दछु ।” रुघा खोकी, ज्वरो र स्वास्थ्य समस्या भएको व्यक्तिलाई छुट्टै कोठामा राखेर उपचार गरेर भाइरस सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमबाट वेलैमा सचेत रहन उहाँले अनुरोध गर्नुभयो । उहाँले त्यस्ता सचेतनाका अभियान अहिले प्रदेशभरि नै सञ्चालन गर्ने अभियाना वाग्मती प्रदेश प्रहरी कार्यालय लागिपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बनेपा हेल्थ केयरका फिजियो थेरापिष्ट डा रोजिना श्रेष्ठले नाकबाट बग्ने सिँगान र मुखबाट आउने छिटाबाट कोरोना भाइरस सर्ने भएकाले त्यसबाट बच्न सर्जिकल मास्क प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले घरमा खाना पकाउने व्यक्तिले खाना पकाउँदा मासु राम्रोसँग पाक्ने गरी पकाउने, मासु र काँचो नै खान मिल्ने स्लादहरु एकै ठाउँमा राखेर नकाट्ने जस्ता कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । सो अवसरमा उहाँले मास्क भएर मात्रै नभई लगाउँदा राम्रोसँग लगाउन नजानेको खण्डमा त्यसको कुनै औचित्य नभएको कारण लगाउने विधिलाई ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बनेपा नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले विज्ञहरुले दिएको सुझावलाई बेवास्त नगरी सचेत हुन र अरूलाई पनि सजग गराउने सबैमा आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाले आइतबारबाट कोरोना भाइरसबाट कसरी सावधानी अपनाउने र कसरी रोगबाट बच्ने भन्ने विषयमा सचेत रहन अभियानमूलक नागरिक सहायता कक्ष सञ्चालन गरी निःशुल्क सर्जिल मास्क वितरण गर्नुका साथै बनेपा हेल्थ केयर सेन्टरको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा ५०० वटा सर्जिकल मास्क वितरण गर्नुका साथै बनेपा हेल्थ केयरले गरेको स्वास्थ्य शिविरमा २४० जनाले मधुमेह र २५० जनाले रक्तचाप परीक्षण गरे । साथै ५०० भन्दा बढीले कोरोना भाइसरबाट जोगिन गर्नुपर्ने सावधानीका विषयमा परामर्श लिएको हेल्थ केयरका शिव पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button