समाचार

उपत्यकामा ‘नो हर्न’ अभियान -Good News 24

Gobal IME Bank

काठमाडौँ, २२ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी पुन: काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको हो । यो भन्दा अगाडि पनि नो हर्न अभियान ल्याइएको थियो तर त्यसको प्रभावकारीता भने कम देखिदै गएको अवस्थामा पुन: नो हर्नको अभियान सुरु गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘नो हर्न’ अभियानलाई काठमाडौंमा पुन: प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताएका छन । साहले भने,”सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई पुन: प्रभावकारी बनाइन लागेको हो ।” सवारीसाधनबाट आएको आवाजले ध्वनि प्रदुशण मात्र नहुने तर यसले मानसिक समस्या पनि बढ्ने बताएका छन ।
काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button