मुख्य समाचारसमाचार

हामीले कसैप्रति दुराशय वा वैरभाव राखेर यी पोस्टरहरु बनाएका हैनौः नो, नट अगेन

Gobal IME Bank

काठमाडौं । नो, नट अगेन का अभियान्ताहरुकले आफुहरुको अभियान कसैको कु-प्रचार वा बदनियतपूर्ण ढंगबाट सुरु भएको नभई परिवर्तनको अपेक्षा र अनुरोधसहित आएको बताएको छ ।

एक सुचाना जारी गर्दै निर्वाचन आयोगको प्रेस विज्ञप्तिप्रति आफुहरुको ध्यानाकर्षण भएको र आफुहरुले कसैप्रति दुराशय वा वैरभाव राखेर कुनैपनि पोस्टरहरु नबनाएको बताएको हो । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न नियमहरु लागु गराउँदै आएको छ ।

त्यसो त आयोगले कुनैपनि सरकारी कर्मचारी तथा सरकारी शिक्षकहरुले समेत सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको प्रचारप्रसार गर्न नपाईने भन्दै सुचना जारी गरिसकेको छ । निर्वाचन स्वच्छ र निश्पक्ष रुमपा होस् भन्नु नै यी सबै नियम तथा नितिको मुल सार हो । तर नो, नट अगेन का सामाजिक अभियान्ताहरुकले गर्दै आएको व्यवहारलाई भने आयोगको नितिले केहिहदसम्म छुन गएको देखिन्छ ।

त्यसैकारणले नो, नट अगेन का अभियान्ताहरुकले आयोगको प्रेस विज्ञप्तिप्रति आफुहरुको ध्यानाकर्षण भएको बताएको हो । नो, नट अगेनले भनेका छन् – ‘हाम्रो अभियानले यहि व्यक्तिलाई भोट हाल्नुपर्छ भनेर कदापी भनेको छैन, बरु पुराना नेतालाई हटाऔ र नयाँलाई मौका दिऔं भनेर भन्न खोजेका हौ । हाम्रो यस अभियान कसैको कु-प्रचार वा बदनियतपूर्ण ढंगबाट सुरु भएको नभई परिवर्तनको अपेक्षा र अनुरोध सहित आएको जानकारी गराउन चाहन्छौ ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button